Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

जिल्लाको भुकम्प प्रभावित क्षेत्रमा नेपाल पदयात्रा हुने

2015-11-11 01:01:22 | मेरो सिन्धु


प्रकाश श्रेष्ठ 
२५ कार्तिक, काठमाडौँ l

बैशाख १२ गते गएको शक्तिशाली महाभुकम्प र त्यसपछिका विभिन्न दिनहरुमा गएको पराकम्पनले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकको भुकम्पपिडित व्यक्तिहरुको मनमा रहेको डर, त्रास र भयहरुलाई हटाई नियमित दिन चर्यामा फर्किन सक्ने बाताबरण तयार गर्न र उनीहरुको मनोबललाई बढाउन, खलबलिएको सामाजिक अबस्थाको पुनः ताजगिकरण गर्न साथै क्षतबिक्षत भएको भौतिक संरचनाहरुको पुर्ननिर्माण गरि पुर्नबासतिर अगाढि बढन हौसला प्रदान गर्ने हेतुले यहि कार्तिक २९ गते देखि मंसिर ६ गते सम्म “ढ्रुक पेकार नेपाल” र “लिभ टु लभ इन्टरनेशनल” ले संयुक्त रुपमा ८ दिने “नेपाल पदयात्रा” कार्यक्रम आयोजना गर्दैछ । यस “नेपाल पदयात्रा” कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको १५ ओटा गाबिस सहित १ नगरपालिकामा गरिने छ । “नेपाल पदयात्रा” कार्यक्रमको शुरुवात हेलम्बु गाबिसको तिम्बुबाट शुरु भई जिल्ला सदरमुकाम चौतारामा अन्त्य गरिने कार्यक्रम संयोजक प्रेम योञ्जनले  जानकारी गराउनुभयो l 

सो कार्यक्रममा धर्मगुरु शरणनायक ग्याल्वा दोखाम्पा (खामटुल रिन्पोछे) ज्यू, सहित १०० जना  भिक्षु भिक्षुणी, १५० जना र स्वदेशी तथा विदेशी सर्वसाधारण समेत गरि जम्मा २५० जनाको सहभागिता रहने तथा यात्राको नेतृत्व धर्मगुरु शरणनायक ग्याल्वा दोखाम्पा (खामटुल रिन्पोछे) ज्यूले गर्नु हुनेछ । यस पदयात्राको अवधिमा सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा बढी भुकम्पमा परि २४० जना मानिसहरुको मृत्यु भएको बरुवा गाबिसमा मृतकहरुको सम्झनामा दुर्गगति परिसोधना पुजापाठहरु गरिने छ । यसै गरि अन्य गाबिसहरुमा पनि भुकम्पमा परि मृत्यु  भएका व्यक्तिहरुको सम्झनामा विभिन्न पुजापाठ मोलमहरु गरिने छ ।   

उक्त कार्यक्रमको समुदघाट्न ढ्रुक परम्पराको प्रमुख गुरु परम पावन ग्यालवाङ ढ्रुक्पा ज्यूको बाहुलीबाट २०७२ कार्तिक २९ गते आईतबार बिहान ७ बजे ढ्रुक अमिताभ माउन्टेन सेतो गुम्बा डाँडागाँऊ, रामकोट, काठमाण्डौमा हुनेछ । त्यसै गरि पदयात्रा कार्यक्रमको समापन सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा २०७२ मंसिर ६ गते आईतबार धर्मगुरु शरणनायक ग्याल्वा दोखाम्पा (खामटुल रिन्पोछे) को धार्मिक प्रवचन सहित बिभिन्न कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरि समापन गरिने संयोजक योञ्जनले जानकारी गराए । 

बैशाख १२ को महाभूकम्पले हजारौको संख्यामा मानिसहरु अंगभंग भई अपाङग भए, १० हजार भन्दा बढि मानिसहरुको अकालमा मृत्यु भयो । सोहि भुकम्पमा परि सिन्धुपाल्चोक जिल्लामा मात्र ३५ सय जना भन्दा बढि मानिसहरुको मृत्यु भयो भने कयौ मानिसहरु अंगभंग भई अपाङग भए र लाखौको संख्यामा भौतिक संरचनाहरुको क्षति भयो l 


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box