Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

भीमटारको सेतीदेवी मावि भवन एनआरएनएले पुनःनिर्माण गर्ने

2015-10-30 01:08:39 | मेरो सिन्धु


काठमाडौँ, १२ कात्तिक।
भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको भीमटार गाविसमा रहेको सेतीदेवी माविको भवन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाले पुनःनिर्माण गरिदिने भएको छ ।

तीन सय परिवार माझी रहेको सो क्षेत्रमा सेतीदेवी मावि एक मात्र विद्यालय हो । सो विद्यालय मर्मतका लागि आवश्यक खर्च सबै सङ्घले ब्यहोर्ने बताइएको छ । एनआरएनए अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई भट्टराईले सो विद्यालय विपन्न जनतालाई शिक्षा दिने भएकाले आफूहरुले पुनःनिर्माण गर्ने सोच बनाएको बताउनुभयो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अमेरिकाका उपाध्यक्ष भट्टराई र सिन्धुपाल्चोक भीमटार–९ का समाजसेवी रामजी माझीले विद्यालय पुनःनिर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रतिक्रियाहरु

hamro gumba ga.bi.sa ma bhukampa pidit lai ahile sama 20hajar hatma pareko chha bhukampa pidit lai sabhai lai teti nai dinu bhako chha ki aru thauma kun hisab le diyeko chha???

- jiban tamang : sindupalchock


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box