Air Ticketing in Nepal Contact to Merosindhu.com

खोज तथा रिपोर्ट

सुझाब जनताको होईन, कार्यकर्ताको आयो

2015-07-25 02:19:38 | मेरो सिन्धु


रामचन्द्र नेपाल, चौतारा ।
नयाँ बन्ने संविधानको मस्यौदामा सुझाब संकलन गर्न जनता माझ गएका सभासद्हरुलाई जनताले भन्दा पनि दलका कार्यकर्तानै बढी सुझाब दिएका छन् । सुझाब दिन उभिएका प्रायको  अनुहार र उनिहरुको सुझाब सुन्दा दलको निर्देशनमा सुझाब दिएको भान सजिलै बुझ्न सकिन्थ्यो । अपवादमा मात्र केहि नेता तथा कार्यकर्ताले भने आफ्नो दलको लाईन भन्दा बाहिर रहेर पनि आफुलाई लागेको सुझाब दिएका थिए । एमाओवादी सिन्धुपाल्चोक निर्वाचन नं. ३ का अध्यक्ष भरत थापाले प्रदेश संख्या घटाउनु पर्ने कुरा राखे तर उनको अन्य सुझाब  भने आफ्नो दलको मत अनुसारनै थियो । माओवादीको मत प्रदेश संख्या ११, १४ सम्मको थियो । त्यस्तै काँगे्रसका केहिले कार्यकारी पद वडाध्यक्ष देखिनै प्रतक्ष्य निर्वाचित हुन पर्ने सुझाब दिएका थिए । जबकी काँग्रेसको मत प्रधानमन्त्री देखि वडाध्यक्ष समेत अप्रतक्ष्य निर्वाचित हुनपर्ने नीति छ । अन्य केहि दल निकटका विभिन्न पेशागत संघ संगठनमा रहेका केहिले पनि आफ्नो व्यक्तिगत मत भन्दै माउ पार्टीको नीति भन्दा केहि फरक सुझाब दिएका थिए ।  

मेलम्चीमा मात्र होईन यस्तो दृष्य निर्वचन क्षेत्र नं. १ र २ का विभिन्न ठाउँमा पनि देखियो । एक त सर्वसाधरणलाई मानो रोपेर मुरी फलाउने चटारो थियो भने अर्कोतिर सर्वसाधरणले मञ्चमा उभिएर तथा मस्यौदा पढेर यो ठीक यो बेठीक भनेर आफ्नो मत प्रकट गर्न सक्ने आँटनै छैन । अझ त्यति मात्र पनि होईन सर्वसाधरणले संविधानको मस्यौदानै पाएका थिएनन् । मस्यौदानै सर्वसाधरणको पहँुच बाहिर थियो । काँगे्रसका नेता तथा कार्यकर्ताले संविधानको प्रस्ताबनामा बहुलवाद हुन पर्ने भने भने एमाओवादीका नेता तथा कार्यकर्ताले जनयुद्ध हुन पर्ने बताए । काँगे्रस नेता तथा कार्यकर्ताको भनाई सबैले बहुदलीय व्यवस्था, प्रजातन्त्र स्विकार गरिसके पछि संविधानको प्रस्तावनामै बहुलवाद राख्नु पर्ने छ भने एमाओवादीका कार्यकर्ताले १० वर्षे ‘जनयुद्ध’को बलमा गणतन्त्र, संविधान सभाको निर्वाचन भएकोले संविधानको प्रस्तावनामानै जनयुद्ध शब्द राख्न पर्ने तर्क गरेका छन् । संविधानमा नागरिकता जस्तो संवेदनशील विषयमा भने प्रयले सुझाबनै राखेनन् । त्यस्तै कमै मात्र तात्कालिन भूकम्पले पारेको समस्या, मजदुर किसानको समस्याको बारेमा आफ्नो सुझाब राखे । सुझाब संकलन केन्द्रमा पुगेका सर्वसाधरणले भने सुझाब राख्ने आँटै गरेनन् । कतिपय विद्यार्थी नेता तथा कार्यकर्ताले शिक्षा निशुल्क हुन पर्ने सुझाब दिए पनि निशुल्क स्वास्थ्य हुन पर्नेकुरा भने प्रायले राखेनन् । त्यसले पनि आएको सुझाब जनताको भन्दा पनि निश्चित कार्यकर्ताको थियो । हुन पनि विभिन्न दलहरुले कार्यकर्तालाई पार्टीको लाईन अनुसार सुझाब दिन सर्कुलर गरेको बुझिएको छ । सोहि अनुसार कार्यकर्ताले पनि व्यक्तिगत भन्दा दलकै कुरा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box