Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

सिके राउतको विचार होइन, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको वकालत गरेका हौंः एम्नेस्टी

2015-06-19 01:21:03 | मेरो सिन्धु

काठमाडौं, असार १ – एम्नेस्टी इन्टरनेसनले राजीनामा दिएका आफ्ना पदाधिकारीहरुले लगाएको आरोपको खण्डन गरेका छन् ।

एम्नेस्टी इन्टरनेसनल नेपाल बोर्डका ९ जना पदाधिकारीहरुले हालै संस्थाबाट राजीनामा दिँदै कृष्णप्रसाद अधिकारी हत्याकाण्डाको विषयलाई बेवास्ता गरेको र सिके राउतको पक्षमा वकालत गरेको आरोप लगाएका थिए ।

संस्थाले आज एक प्रेश विज्ञप्ति जारी गर्दै उक्त आरोपको खण्डन गरेको हो । ‘ नेपालको मानवअधिकार सम्बन्धी विविध कार्यहरुप्रतिको हाम्रो प्रतिवद्धता यथावतै छ । एम्नेस्टी इन्टरनेसनलप्रति असहमती राख्न पाउने वहाँहरुको अधिकारको हामी सम्मान गर्दछौँ र पनि वहाँहरुले खासगरी नेपालका दुईवटा घटनाहरुका सम्बन्धमा हाम्रा काम उपर लगाउनु भएको आरोपप्रति भने एम्नेस्टी इन्टरनेसनल विमती राख्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

एम्नेस्टी इन्टरनेसनल नेपालले सशस्त्र द्वन्द्वका क्रममा भएको नन्दप्रसाद अधिकारीका छोरा कृष्णप्रसादको हत्या र हजारौँ अन्य पीडितहरुको घटनाहरुमा जवाफदेहीताको आह्वानको पक्षमा एम्नेस्टी इन्टरनेसनलले सदैव आफूलाई उभ्याएको बताएको छ ।

त्यस्तै सिके राउतका विषयमा एम्नेस्टीले राउतको राजनीतिक विचारको समर्थन नगरेको स्पष्ट पारेको छ ।

‘सिके राउत र उनका समर्थकहरुको सम्बन्धमा भने एम्नेस्टी इन्टरनेसनलले नेपाल सरकारसँग अभिव्यक्ति स्वतन्त्रता, संगठित हुने स्वतन्त्रता र स्वेच्छाचारी गिरफ्तारी एवं थुना हुन नहुने आह्वान गरेको हो । एउटा स्वतन्त्र र निष्पक्ष संस्थाका नाताले एम्नेस्टी इन्टरनेसनलको चासोको विषय भनेको जुनसुकै राजनीतिक झुकावको व्यक्ति किन नहोस् उसको पनि मानवअधिकार संरक्षित हुनु पर्दछ भन्ने मात्र हो । यसले सिके राउतको राजनीतिक विचारको समर्थन गरेको भन्ने हुनुहुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box