Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

पहिरोले भोटेकोशी थुनियो गाउँलेको भागाभाग

2014-08-01 20:49:35 | मेरो सिन्धु


सिन्धुपाल्चोक, साउन १७ ।
पहिरोले सिन्धुपाल्चोक जिल्लाकोराम्चे-५ स्थित जुरे भन्ने ठाउँमा भोटेकोशी नदी थुनिदा नदी किनारका बस्तीहरुमा भागाभाग मच्चिएको छ। शनिबार बिहान ३ बजेदेखि भोटेकोशी नदी थुनिदा झण्डै दुई किलोमिटर क्षेत्र भोटेकोशी नदी जमेर ताल बनेको छ । थुनिएको उचाई अनुसार पानी भरिदा बाह्रबिसे बजार समेत डुवान हुने इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्सपेक्टर जयश्वर रिमालले जानकारी दिएका छन्। 

घटनाको जानकारीपछि प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क गराएको छ। प्रहरीको चेतावनीपछि बाह्रबिसे, लामोसाँघु, खाडिचौर, कोठे, बलेफी, सुकुटेलगायत करिब २० किलोमिटर आसपासका बासिन्दाहरु सुरक्षित स्थानतर्फ लागेका छन् । ज्यान जोगाउन स्थानियहरु रुवाबासी गर्दै डाँडाकाँडा चढिरहेका छन्। अहिलेसम्म मानवीय क्षतिको जानकारी छैन। आवश्यक उद्दारका लागि सुरक्षाकर्मीसमेत जानसक्ने अवस्था नभएपछि हेलिकप्टरबाट उध्दार गर्ने तयारीमा लागेको जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

dhairai ramro kuro lekhanu bhayo yastai samachar pathai dinuhola thank you

- sadh Ram Maharjan : lagankhel 6

HEY GOD BE SAFE FOR ALL . i always praying for GOLMA GOD.

- Dilip Ray : SINDHUPALCHOWK RAMCHE-3 ( from MALAYSIA)

Nepali

- sabin bhandari : sankhuwasabha chainpur

PRAY FOR SINDHUPALCHOWK

- Dilip : Malaysia

so bad

- rojan : panauti-5,kavre


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box