Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

एसएलसीको नतिजा असारको पहिलो हप्ता

2014-06-04 23:07:42 | मेरो सिन्धु

काठमाडौं २१ जेठ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आगामी असारको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार असारको पहिलो हप्ताभित्रमा परीक्षाफल प्रकाशन गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले काम तीब्ररुपमा अघि बढाइरहेको छ ।

यस वर्षको एसएलसी परीक्षामा जम्मा पाँच लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी भएकामा नियमिततर्फ चार लाख १९ हजार ३५२ जना र एक्जाम्टेडतर्फ एक लाख ४६ हजार ७३३ जना सहभागी भएका थिए । परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन यस वर्ष कार्यालयले ३५ बुँदे आचारसंहितासमेत जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box