Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

सिन्धुपाल्चोकमा प्रमुख तीन दल नै प्रतिश्पर्धामा

2013-11-08 05:22:23 | मेरो सिन्धु

काठमाडौं, २२ कार्तिक ।
संविधानसभा निर्वाचनको मिति नजिकिंदै जाँदा सिन्धुपाल्चोकमा पनि चुनावी माहोल तात्दै गएको छ । विभिन्न दलका नेता तथा कार्यकर्ता चुनावी अभियानमा लागेका छन् । उता किसान भने मंसीरमा धान थन्क्याउने र हिउँदे बाली लगाउने चटारोमा छन् । सिन्धुपाल्चोक जिल्लाका तीनवटै क्षेत्रमा एमाओवादी, एमाले र कांग्रेस नै मुख्य प्रतिश्पर्धीका रुपमा चित्रण गरिएपनि यही दल अगाडि आउँछ भन्ने आँकलन गर्न भने मुस्किल छ । क्षेत्र नं. १ मा पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका एमाले उम्मेदवार अरुण नेपाल र कांग्रेस उम्मेदवार मोहन बस्नेतसँग एमाओवादीका नयाँ उम्मेदवार सरल सहयात्रीले प्रतिश्पर्धा गर्दैछन् । त्यसैगरी क्षेत्र नम्बर दुईमा पहिलो संविधानसभामा पराजित एमाले उम्मेदवार सुभास कर्माचार्य र कांग्रेसका नयाँ उम्मेदवार विकास लामाले एमाओवादीका पहिलो संविधानसभामा विजयी बनेका अग्नी सापकोटासँग प्रतिश्पर्धा गर्दैछन् ।

क्षेत्र नं. ३ का ३ उम्मेदवार एकै ब्याचका

सिन्धुपाल्चोक क्षेत्र नम्बर तीनमा संविधानसभा निर्वाचनका लागि प्रमुख तीन पार्टीबाट बनाइएका उम्मेदवार एउटै व्याचका परेका छन् । एनेकपा माओवादीका बीलबहादुर रायमाझी, नेकपा एमालेका शेरबहादुर तामाङ र नेपाली कांग्रेसका तारानाथ दाहाल एउटै ब्याचमा अध्ययन गरेका हुन् । उनीहरुले वि.सं. २०४१ मा द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् । फरक विद्यालयमा अध्ययन गरेका यी तीन कक्षामा प्रथम हुन्थे । 
सिन्धुकोटका रायमाझीे सिन्धुपुराना गाउँ मावि, सिन्धुकोटकै तामाङ महांकालको सरस्वती मावि र शिखरपुरका दाहाल बाँडेगाउँस्थित ऐंसेलुखर्क माविमा अध्ययन गरेका थिए । उनीहरु २०४६ सालको जनआन्दोलनमा समेत आ–आफ्नो संगठनमार्फत् विद्यार्थी आन्दोलनमा क्रियाशील भएका थिए ।  शिक्षण पेसा छाडेर भूमिगत भएका रायमाझी एमाओवादीको विभिन्न जिम्मेवारी सम्हाल्दै अहिले राज्य समिति सदस्य छन् । त्यस्तै तामाङ अनेरास्ववियु, प्ररायुसंघ हँुदै अहिले एमालेको केन्द्रीय सदस्य छन् । दाहाल पत्रकारितामा लागेर नेपाल पत्रकार महासंघको सभापतिसमेत बने ।  
एकै व्याजका तीन प्रतिश्पर्धीवीच चुनावी मैदानमा खरो रुपमा उत्रिएका छन्–राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणा । त्यसैगरी राष्ट्रिय जनमोर्चाका मोहनसिंह तामाङ फरक एजेण्डासहित चुनावी मैदानमा रहेको यो क्षेत्रमा १९ उम्मेदवार रहेका छन् ।

प्रतिक्रियाहरु

सबै भन्दा बेस्ट नेता pashupati samsher ranga हुन् sindhu palchokma बिकाश bhane nai usaile lyako ho.

- hira : badegau 6

अलि बिस्लेसन गरेर समाचार लेख्नु न हो यस्तो त समाचार हुन्न पाठकले जान्न खोजे को कुरा पुगेन यो समाचार लेख्ने मान्छे ले जोर्नालिस्म पढेको रहेनछ यसरि जीला को बीला hune गरि समाचार नालेखौं को को कसरि पर्तिस्पर्धि भ्य अलि रेसेअर्च गरेर लेख्नु भाको भय हुन्थ्यो त्यतिकै कारण बिना कसरि पर्तिस्पर्धि भय

- sahadev bhandari : dhuskun 4


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box