Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

साहित्यकार जगदिश घिमिरेको निधन

2013-10-31 01:19:12 | मेरो सिन्धु


साहित्यकार जगदिश घिमिरे

काठमाडौं, १४ कार्तिक ।
साहित्यकार जगदिश घिमिरेको ६८ वर्षको उमेरमा आज निधन भएको छ । पछिल्ला ८ बर्षदेखि रक्त क्यान्सरपीडित घिमिरे दशैं अघिदेखि काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचाररत थिए । घिमिरेका छोरा हिमालले दिएको जानकारीअनुसार बिहान ६ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारस्रोतले जानकारी दिएको छ । क्यान्सर लागेको थाहा पाएपछि घिमिरेले लेखेको आत्मालाप कृति ‘अन्तरमनको यात्रा’ निकै लोकप्रिय बन्यो । जुन कृतिले विक्रम सम्बत् २०६४ मा मदन पुरस्कार र उत्तम शान्ति पुरस्कार हातपारेको थियो । घिमिरेका ‘साविती’ र ‘लिलाम’ उपान्यास तथा बर्दी र जगदिशका कथा संग्रह प्रकाशित छन् । अघिल्लो बर्ष प्रकाशनमा आएको उनको ‘सकस’ उपन्यास पनि चर्चित छ । घिमिरेले गृहजिल्ला रामेछापमा तामाकोसी सेवा समितिमार्फत् समाजसेवाका विभिन्न क्षेत्रमा योगदान पु¥याएका छन् । घिमिरे वि.सं. २००२ साल चैत २८ गते रामेछापको मन्थलीमा जन्मेका थिए ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box