Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

तातोपानी भन्सार मा व्यापक अनियमितता

2013-08-19 23:32:00 | मेरो सिन्धु

तातोपानी
नेपाल–चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाकास्थित तातोपानी भन्सार कार्यालयमा एक सातादेखि व्यापक अनियमितता भइरहेको व्यापारीहरुले वताएका छन् । यही रफ्तारमा राजश्व अनियमितता गर्दै जाने हो भने मासिक करोडौं रुपियाँ राज्यले नोक्सानी व्यहोर्नु पर्ने बताउँछन् ।

भन्सारस्थित समाचार स्रोतका अनुसार भन्सारका कर्मचारीहरुले ठूला भनिएका ट्रान्सपोटेशन कम्पनीहरुबाट फाईदा लुटिरहेको जनाएको छ । ठूला ट्रान्सपोटेशन कम्पनीहरुले ल्याएको ठूलो साईजको सामानलाई मिडियम साईजको, मिडियम साईजका सामानलाई साना साईजको उल्लेख गरि सामान छुटाउने गरेको खुलासा भएको छ । ठूला कम्पनीहरुले झिकाउने व्यापारिक सामानहरुमा नाजायज किसिमले भन्सार मुल्याङ्कन गरि व्यापक रुपमा राजश्व चुहावट गरिरहेको समाचार स्रोतको दाबी छ ।

यसैगरि वालबालिकाका निम्ति आयत गरिएको चाइनीज सामानमा पनि व्यापक रुपमा अनियमितता गरिरहेको पाइएको छ । प्राप्त जानकारी अनुसार चिल्ड्रेन साईजका सामानलाई बेबी साईजको र बेबी साईजका सामानलाई इन्फेन्ट साईजको भन्दै राजश्व संकलनमा व्यापक अनियमितता गरिरहेको व्यापारीहरुले बताएका छन् । कमाउ धन्दामा लागेका तातोपानी भन्सार कार्यालयका कर्मचारीहरुले यसका लागि व्यापारीहरुबाट प्रतिगाडी ५० हजार रुपियाँसम्म रकम असुल्ने गरेको समाचार स्रोतको दाबी छ । तर साना व्यापारीहरुलाई भने भन्सारका कर्मचारीहरुले हदैसम्म पेल्ने गरेको खुलासा भएको छ ।

भन्सार समाचार स्रोतका अनुसार तातोपानी भन्सार कार्यालयले भन्सारको वार्षिक राजश्व संकलनको लक्ष्य पुरा गराउने काम साना व्यापारीहरुबाट मात्र गरिरहेको आरोप छ । साना व्यापारीहरुले भन्सार कार्यालयमा पछिल्लो समय भएको अनियमितता सन्दर्भमा कुरा गर्दा अनेक किसिमको धम्की दिई तर्साइरहेको साना व्यापारीहरुले बताएका छन् ।

 

तातोपानी भन्सार कार्यालयले पछिल्लो समय नाकाका व्यापारीहरुमाथि गरिएको विभेदपूर्ण व्यबहार र अनियमितताको सन्दर्भमा यसअघि भएको द्विपक्षी बैठकहरुमा साना व्यापारीहरुलाई तर्साउने र धम्क्याउने काम बाहेक केहि नभएको साना व्यापारीहरुको भनाई छ । साना व्यापारीहरु भन्छन् फल्स देखिएमा शतप्रतिशत जरिवाना हान्ने भन्दै साना व्यापारीहरुलाई तर्साइरहेको बताएका छन् ।

बर्तमान सरकार आएपछि तातोपानी भन्सारका अधिकांश कर्मचारी फेरिएका छन् । तातोपानी भन्सार कार्यालयमा सरुवा भएर आउनकै निम्ति ठूलो धनराशी खर्च गर्ने गरेकाले यहाँ आउने जो कोही नाजायज किसिमको धन्दामा लाग्ने गरेको व्यापारीहरुको आरोप छ । तातोपानी भन्सारमा पछिल्लो एकसाता यता भएको अनियमितता सन्दर्भमा भन्सार प्रमुख मिमांश अधिकारीसँग सम्पर्क गर्दा भन्सारमा अनियमितता भइरहेको सन्दर्भका कुराहरु अहिलेसम्म आफूकहाँ नआएको र त्यस्ता गुनासो आएको खण्डमा कडा कार्वाही गरिने बताएका छन् ।

स्मरण रहोस तातोपानी भन्सार कार्यालयमा यस किसिमको अनियमित धन्दा विगत लामो समयदेखि पटक पटक हुँदै आइरहेको छ । भन्सार कार्यालयबाट सामान लिएर छुटेका मालबाहक गाडीहरुलाई यसअघि राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिई अनुसन्धान गर्दा यस्तो कमजोरी पटक पटक फेला पर्ने गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

यसो भयो भने त साना ब्यापारी हरु मर्का मा पर६अ तर हाम्रो प्रसासन किन चुप ६अ

- ram shrestha : sindhupalchwk barbise 5


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box