Air Ticketing in Nepal Contact to Merosindhu.com

प्रवासी समाचार

सिन्धु चेलीको लाश कुवेतमा बेबारिसे अवस्थामा

2013-08-11 20:33:50 | मेरो सिन्धु


हरीकृष्ण न्यौपाने, कुवेत, २७ साउन।
पासपोर्टमा सिन्धुपाल्चोक जिल्ला दुबाचौर-३ ठेगाना भएकी श्रीमती फुल माया तामाङको लाश कुवेतको सरकारी शब गृहमा करिब ३ महिना देखी बेबारिसे अवस्थामा रहेको छ। पासपोर्ट नं ३३५८५१८, पासपोर्ट जारी मिती २१ फेब्रोवरी २००७ तथा जारी स्थान जिल्ला प्रशासन सिन्धुपाल्चोक रहेकी निज फुलमाया तामाङ घरेलु महिला कामदारको रुपमा कुवेतमा आएकी र उनको गत मेइ २१ तारिखमा मृत्‍यु भएको नेपाली दुताबासले जनाएको छ।     

नेपाली दुताबास कुवेतका सहचारी भुवन पौडेलले आफुलाई उपलब्ध मृत्‍यु प्रमाण पत्र देखाउदै भने, घरबाट भाग्ने क्रममा लडेर वा सबारी ठक्करबाट सक्त घाइते भए पछी उनलाई अस्पातल पुर्याइएको र अस्पतालले गत मेई २१ मा मृत्‍युको घोषणा गरेको कुवेत प्रहरीले जारी गरेको मृत्‍यु प्रमाण पत्रमा उल्लेख गरिएको छ। उनले थपे"दुताबासमा उनको मृत्‍युको खबर आए पछी नेपाली दुताबास कुवेतले पररास्ट्र मन्त्रालय मार्फत जिल्ला प्रसाशन कार्यालय सिन्धुपाल्चोकलाई पासपोर्टमा उल्लेख मृतको ठेगाना र संपर्क ब्यक्ती सन्त बहादुर तमाङ मार्फत उनको लास लैजानको लागि परिवारलाई संपर्क गर्न परिपत्र गरिए पनि हाल सम्म कसैले संपर्क गरेका छैनन।"

कुवेतको कानुन अनुसार मृत्‍यु भएको ३ महिना सम्म कुनै पनि ब्यक्ति वा संघ-संस्था वा कम्पनीले लाश जिम्मा नलिएमा कुवेत सरकारले उसको अन्त्येष्टी गर्न पाउने छ, भने दुवाचौर-३ कि फुलमाया तमाङको हकमा २० दिन मात्र समय रहेको र यस समयसम्म कसैले लाशको दाबी नगरे उनको यही अत्यष्टी गरिनसक्छ।स्मरण रहोस, करीब ७० हजार नेपाली कामदारहरु रहेको कुवेतमा ८० प्रतिशत घरेलु महिला कामदारहरु रहेका त्यस मध्येमा सबैभन्दा बढी सिन्धुपाल्चोकका महिलाहरु रहेका बिज्ञहरु बताउछन्। यसरी कुवेत आउने र मर्ने अनि हराउने नेपाली महिला घरेलु कामदारहरुको संख्या धेरै रहेको छ।

प्रतिक्रियाहरु

बरुआ गाबिस मा जेदेंन नाउ गरेको गाउँ ६ भने कसैले मलाई निधो गरिदिए आभारी रहने थिंए / उक्त गाउँ मेरो किपट पर्न गएकोले उक्त गाउँ एकपल्ट पुग्ने मेरो उत्कट इच्छा रहएको ६/

- D.P.Lama : Mirik, Distt.Darjeeling,India

i miss my place

- sagar lama : sindhupalchok hugam 8


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box