Air Ticketing in Nepal Contact to Merosindhu.com

विचार । दृष्टिकोण

सिन्धुका रेडियोहरुको तरङ्ग

2013-04-18 00:57:23 | मेरो सिन्धु


हरी दुलाल

- हरी दुलाल, मेलम्ची
आम सञ्चारको संयन्त्रहरु मध्य विद्युतीय हाता भित्र पर्ने तार विहिन संकेत सम्प्रेषणवाट सञ्चालित सरल, सशक्त र विश्वसनीय श्रव्य माध्यमका रुपमा रेडियोलाई लिने गरिएको छ ।

नेपालमा ०६२/६३ को जनआन्दोलन पश्चात् जुन हिसावबाट मिडियाको विकास भयो विकासक्रमको एउटा पाटोमा रेडियो झन् सशक्त ढंगबाट अघि बढेको देखिन्छ । नेपाल जस्तो भौगोलिक विविधता भएको  राष्ट्रमा एफएम रेडियो प्रभावकारी सञ्चारको माध्यम बन्न सक्ने निश्चित छ । सोही अनुरुप हाल देशमा पाँच सय भन्दा बढी रेडियोहरुले सञ्चार मन्त्रालयबाट अनुमति लिइसकेका छन् भने चार सय भन्दा बढी त सञ्चालनमा रहेका छन् । सिन्धुपाल्चोकको कुरा गर्नुपर्दा हाल जिल्लामा सामुदायिक र व्यवसायिक गरी ६ वटा रेडियोहरुले प्रसारणका लागि अनुमति लिएका छन् । जसमध्ये भ्वाइस अफ युथ (हाल रेडियो रियाज) ९६.८ मेगाहर्ज, रेडियो सिन्धु १०५ मेगाहर्ज, सिन्धु एफएम १०२.८ मेगाहर्ज, रेडियो प्लानेट ८९.४ मेगाहर्जले नियमति प्रशारण सुरु गरिसकेका छन् भने रेडियो सुनकोसी १०५.६ मेगाहर्ज र रेडियो मेलम्ची १०७.२ मेगाहर्जले जिल्लामा परिक्षण प्रसारण गरिरहेका छन् भने छिट्टै नियमित प्रसारणमा जुट्दै छन् । केही समय अगाडि मात्रै युथ मिडियाको नाममा थप एक रेडियो मन्त्रालयमा दर्ता भएको छ ।भौगोलिक हिसाववाट बाग्मती अञ्चलको ठूलो जिल्ला सिन्धुपाल्चोकमा अन्य सञ्चार माध्यमको तुलनामा रेडियो सुन्ने जमातको पहुँच उल्लेखनीय रुपमा बढी छ । त्यसकारण पनि जिल्लामा रेडियो खुल्नु खुसीको कुरा हो । यद्यपी संख्यात्मक रुपमा जसरी विकास भएको छ । यिनै रेडियोले गुणात्मक र प्रभावकारीतामा आफूलाई कसरी अब्बल ठह¥याइरहेका छन् र ठह¥याउनेछन् भन्ने अर्को बहसको विषय बनेको छ ।

 उसो त जिल्ला हिजोका दिनमा रेडियोको पहुँच भन्दा टाढा अवश्य थिएन । राजधानी नजिकैको जिल्ला भएका कारण पनि उपत्यकामा सञ्चालित अधिकांश एफएम रेडियो सुन्न सकिन्छ । केन्द्रबाट जसरी रेडियोले सूचना र मनोरञ्जन दिएका हुन्छन् जिल्लाका लागि त्यो पूर्ण नभएपनि सापेक्ष रुपमा भने अझै भूमिका खेलेका छन् । जिल्लामा प्रशारणका लागि अनुमति लिएका र प्रशारणमा रहेका अधिकांश रेडियो सामुदायिक छन् । देशभरि २५० भन्दा बढी सामुदायिक रेडियो छन् । ती रेडियोहरु जुन तबरबाट प्रशारणमा अघि बढेका छन् त्यो भन्दा यहाँका रेडियोहरु पनि खासै फरक छैनन् ।  विशेषतः सामाजिक जनचेतनाका लागि मध्यनजर गरेर विभिन्न कार्यक्रम र समाचार प्रस्तुत तथा प्रशारण गर्ने हेतुले समुदायकै हितका निमित्त ग्रामीण परिवेशमा सूचना र चेतनाको वाहकका रुपमा प्रस्तुत हुनपर्ने हो तर बेला बेलामा नेपालका सामुदायिक रेडियो जसरी समुदायको सारथी बनेर अघि बढ्नुपर्ने हो त्यसमा चुकेको कुरा आइरहेका छन् । रेडियो सामुदायिक भएर दर्ता भएपनि उनीहरु व्यासायिक रेडियोको स्थरबाट माथि उठ्न नसकेको यथार्थ हाम्रो बिचमा छर्लङ्ग छ ।

जिल्लाका सम्पुर्ण रेडियो काठमाडौं उपत्याकाका विभिन्न नेटवर्कका कार्यक्रम तथा समाचार प्रसाशण गर्ने माध्याम मात्र बनेका छन् जसले स्थानिय स्तरका गतिविध तथा विषयवस्तु छायामा पर्दै आएका छन् । नेटवर्कका प्रसस्त सामाग्रि जिल्लामा प्रसारण भए पनि जिल्लाको उपस्थिति केन्द्रमा भने न्यून देखिन्छ त्यसमा सिन्धुपाल्चोक पनि अछुतो रहन सकेको छैन । यसो भन्दैमा सम्पूर्ण रेडियोहरु यही कोटीमा छन् भन्नु सरासर गलत हुन जान्छ किनकी दक्षिण एसियामा नै उत्कृष्ट सामुदायिक रेडियोको दर्जामा एक नम्बरमा रहन सफल रेडियो सगरमाथा जस्ता एफएम् पनि छन् । नेपाल कै रेडियोहरुको कुरा गर्नु पर्दा कतिपय अवस्थामा त राजनीतिक मुखपत्रका रुपमा पार्टीगत रेडियोहरु सञ्चालित नभएका होइनन् कतिले त रेडियोलाई मागी खाने भाँडोका रुपमा प्रयोग गर्दै आइरहेका छन् । एउटा रेडियोमा कार्यरत कर्मचारी रेडियोको मालिक बन्ने नाममा कालो धन भएकाहरु संग साठगाठ गरि मिडियामा लगानी गराई सेतो धन  बनाउने काममा समेत अग्रसर देखिन्छन् । संयौ समस्या बाधा व्यवधान र अव्यवस्थितका बिच माथि उठेर जिल्लाका रेडियोहरु एक उदाहरणीय सामुदायिक आवाज बन्नुपर्ने आवश्यकता रहेको छ । त्यसका लागि रेडियो बुझ्ने र पत्रकारितामा दख्खल भएका जनशक्ति अझैपनि जिल्लाका रेडियोहरुमा खाँचो देखिएको छ । पत्रकारिता पेशामा अवद्ध भएर जिवन धान्न नसक्ने भए पछि यस क्षेत्रका दक्ष व्यक्तिहरु अन्य पेशामा आवद्ध भई पत्रकारितालाई फुर्सदको पेशा बनाईरहेका छन् । जिल्लाका सुलभ देखि दुर्लभ भेगमा पुगि गहन र अनुसन्धानत्मक रिपोटिङ गरि प्रस्तुत गर्ने परिपार्टी निकै कम छ साथै देशमा समावेशीको ठुला—ठुला नारा सुनिएका बेला समावेशी लागु हुन सकेको छैन् । रेडियो व्यवस्थापन देखि कर्मचारी सम्म मात्र नभएर रेडियोका कार्यक्रम समेत समावेशी हुन जरुरी छ । राज्य पुनः संरचना सामाजिक न्यायका पक्षमा रेडियोहरुले प्राथमिकताका साथ विषयवस्तुहरु उठाउनु पर्ने आजको अर्को आवश्यकता हो ।  

जिल्लाका अधिकांश रेडियो, पत्रपत्रिका र केन्द्रका रिपोर्टरमा पुरुषत्वको हाबी छ भने महिलाको अत्यन्तै न्यून सहभागिता छ । महिलाको सहभागी बढाउने विषयमा कसैले सोचेको अवस्था छैन । त्यसका लागि जिल्लामा महिलाको नाम भजेर महिलाका लागि विभिन्न कार्यक्रम ल्याउने सं..घसंस्थाले समेत कुनै पहल थालेको देखिदैंन ।

युवाहरुले रेडियोमा बोल्ने चाहना पूरा गर्ने र सिक्ने थलो मात्र एफएम रेडियो बन्ने हो भने त्यसको कुनै औचित्य नहुन सक्छ । जिल्लाका कुनाकाप्चादेखि विश्वका उदाहरणीय सकारात्मक कुराहरुलाई खोजी गरेर तल्लो तहका आम समुदायलाई उत्प्रेरणा सँगै काम गर्ने जोश जाँगर नेपाली कला, साहित्य, भाषा, शैलीलाई संरक्षण गर्दै विकासको गोरेटोमा आम समुदायलाई डोर्याउनु जरुरी छ । सतही घटनाको समाचारमा मात्र निर्भर रहने, समाचारका रुपमा राजनीतिक घटना बाहेक अरु विषयवस्तुलाई समाचारको रुपमा नदेख्ने परम्परालाई तोड्दै ग्रामीण र स्थानीय विषयवस्तुलाई समेट्नुपर्ने हुन्छ देखिन्छ ।

सञ्चार शक्ति हो भन्ने गरिन्छ । त्यसैगरी जिल्लाका रेडियोहरुलाई शक्तिका रुपमा विकास गर्न सकियो भने त्यो हाम्रा लागि ठूलो उपलब्धी हुनेछ । जिल्लामा अशिक्षा, भ्रष्टाचार, महिला हिंसा, चोरी तस्करी, परम्परागत सोच शैली, परिवर्तन गराउने खालका सूचना सन्देश र रेडियो कार्यक्रम प्रशारण गर्दै कला साहित्य, संस्कृति, प्राकृतिक पुरातात्विक महत्वका कुराहरुलाई सञ्चारबाट चिनाउँदै विग्रदो राजनीतिक अवस्थामा जनताको प्रभावकारी भूमिका साथै स्थानीय स्तरमा आम मानिसको सहभागिताका बारेमा प्रष्ट्याउने खालका तरंगीत आवाजको खाँचो छ ।

उपलब्धि हाँसिल गर्न पक्कैपनि सहज र सरल छैन । यसका अगाडि धेरै चूनौतिहरु पनि देखिन्छन् । जसमा निर्भिक भएर स्वतन्त्र ढंगबाट पत्रकारिता गर्ने वातावरण अझै छैन, जिल्लामा पत्रकारिता विषयको अध्ययन नहुनु, पत्रकारिता गर्न इच्छुक जनशक्ति राजधानी केन्द्रित हुनु, पत्रकारिता पेसालाई डर, धम्की त्रासका कारण असुरक्षित महशुस गर्नु अधिकांश जनता सञ्चार माध्यमको प्रयोगविहिन कोटीमा रहनु रेडियोमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुनु, पत्रकारिता सम्बन्धि तालिम, गोष्ठी, बहस र छलफल कम हुनु, बजार र अस्वस्थ प्रतिष्पर्धा, विद्युत र यातायातको समस्यासँग जुध्नु रेडियोका लागि कठिन देखिन्छ ।   

प्रतिक्रियाहरु

फुल टिप्नु पाप होइन कोपिला टिप्नु पाप हो प्रेम गर्नु पाप होइन बिछोड गर्नु पाप हो आकाश मा लाखौ लाख तारा हरु छन् तर मलाई धुबर तारा मन पर्छ संसार मा लाखौ केटि हरु छ तर मलाई त हजुर रै मन पर्छ यस................. इलोवे टू इ विल मिस्स ...................

- yagya raj purbachhane magar : dubai u.a.e dubai

ताल राम्रो फेवा ताल मन्दिर राम्रो मनकामना यहि छ २०७२ साल को सुभ कामना

- yagya raj purbachhane magar : ramechhap v.d.c 6 chhap

lplanet 89.1 haina?

- abdul : ktm

ठिकै छ ।

- रामकुमार मोक्तान : Dhumbarai, Kathmandu

निकै राम्रो लग्यो लेख. समय सापेक्ष अन्य लेखहरु पनि लेख्दै जानुहोला.

- Phurba Sange Moktan : Chautara, Sinhdupalchowk


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box