Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

ट्रयाक्टर दुर्घटनामा एक परीक्षार्थीको मृत्यु, ३१ घाइते

2013-03-18 08:56:08 | मेरो सिन्धु

५ चैत, सल्यान
सल्यान सदरमुकाम खलङ्गाबाट श्रीनगर जाँदै गरेको ट्रयाक्टर सल्यान अस्पताल नजिकैको दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ भने अन्य ३१ विद्यार्थी घाइते भएका छन् ।

त्रिभुवन जनता माध्यमिक विद्यालयबाट परीक्षार्थीलाई लिई हिँडेको रा१च १९७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी एसएलसी परीक्षा सकेर घर र्फकंदै गरेकी खलङ्गा- १ काˆलाकी १९ वषर्ीय मीना योगीको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ । ट्रयाक्टरको ट्रलीमा करिब ४० जना विद्यार्थी रहेको र अत्यधिक गतिका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रयाक्टरको एक्सेल भाँच्चिएपछि ट्रली एक्कासी घोप्टो परेको थियो ।

रासस

प्रतिक्रियाहरु

बाँच्न खोज्दा सयौं चोटी पाएकी छु घातहरु मै माथि प्रहार भए ,,समयका लातहरु मान्छे मात्र हैन यहाँ स्वार्थी रै'छ भगवान दश कोश पर भागे मेरा भागका साथ हरु अन्धकारको त्यो पर्दाले ,ढाकि दिए मेरा नशिब भिन्न छैन केहि यहाँ,यी दिन अनि रातहरु धेरै पल्ट मरेकी छु ,भित्र भित्रै लाश भइ अहो;;;:निकै दुख्यो जीवन,सहंदा बज्रपातहरु धर्म गर्छु भन्दै हिद्छन ,मन भरि पाप बोकी यस्तै रहेछ संसारका ,सबै भोले नाथहरु

- sumana shrestha : kathmandu


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box