Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

एसएलसीका लागि सिन्धुपाल्चोकमा २४ केन्द्र

2013-03-11 01:57:29 | मेरो सिन्धु

चौतारा, फागुन २८।
जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकका अनुसार चैत १ गतेदेखि सुरु हुन लागेको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका र प्रश्नपत्र पठाउने काम पूरा भइसकेको शिक्षा कार्यालयले जनाएको छ। यो बर्ष एसएलसी परीक्षाका लागि जिल्लामा २४ केन्द्र तोकिएको छ ।

यस वर्ष सिन्धुपाल्चोकबाट एक सय ३१ विद्यालयका नियमित तर्फ ४ हजार ९ सय १२ र एक्जाम्टेड १ हजार ६७ गरी ५ हजार ९ सय ७९ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षाको आकर्षणको रुपमा यस वर्ष राजराजेश्वरी उमावि सिपापोखरेको प्रौढ विद्यालयबाट १७ जना प्रौढहरु सहभागी हुँदैछन् । यी मध्ये १२ जना नियमित हुन् । त्यसैगरी सदरमुकामको कृष्णरत्नगंगा उमाविका ४६ र आनन्द उमावि जलबीरेको ४८ जना प्रौढले पनि खुला विद्यालयबाट एसएलसी परीक्षा दिंदैछन् ।

यस पटक वुद्धोदय उमावि लिशंखु र प्राइभेट प्याराडाइज बाह्रविसेमा बाहेक सम्वन्धित विद्यालयकै प्रअ केन्द्राध्यक्ष तोकिएका छन् भने गत वर्ष झै यो बर्ष पनि होम सेन्टरको सुविधा कटौति गरिएको शिक्षा कार्यालयले जानकारी गराएको छ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box