Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

पशुपतिमा १ सय ११ पक्राउ, ४ लाख ७२ हजारले दर्शन गरे

2013-03-10 19:54:10 | मेरो सिन्धु

रासस, काठमाडौं  फागुन,२७
महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र परिसरमा होहल्ला गर्ने र अवैध लागुऔषधको कारोवार गर्ने १ सय ११ जनालाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्र आसपासमा गाँजाको बेचविखन गरेको र त्यसको सेवन गरेको र लठ्ठ परेर बसेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग काठमाडौँका प्रमुख रणबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनावश्यक होहल्ला गर्ने, गाँजाको कारोवार गर्ने र दर्शनार्थीहरुलाई अभद्र व्यवहार गर्नेहरुलाई नियन्त्रणमा लिइएको हो ।    दर्शनार्थीहरुलाई सहयोग गर्न र शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन तीन हजारको हाराहारीमा नेपाल प्रहरी, करिब एक हजार ५०० सशस्त्र प्रहरी र एक हजार पशुपति क्षेत्र विकास कोषका स्वयम्सेवक परिचालन गरिएको छ ।

यसैगरी शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखेर थप ४० वटा सिसिटिभी क्यामेरासमेत सञ्चालनमा ल्याइएको छ ।    आइतवार साँझ ६ बजेसम्म करिब ४ लाख ७२ हजारले पशुपतिनाथ मन्दिरमा नै पुगेर दर्शन गरेको र मन्दिर आसपास क्षेत्रमा गरी थप तीन लाख भक्तजन पुगेको कोषका निर्देशक प्रवेशराम भण्डारीले जानकारी दिनुभयो । 

आइतवार रातभर पनि दर्शनार्थीहरुलाई पूजा पाठका लागि व्यवस्था मिलाइएको छ ।    त्यस्तै मलेसियाबाट दर्शन गर्न आएका २०० भन्दा बढी हिन्दुधर्मावलम्बीले रु एक हजारको सशुल्क टिकटको प्रयोग गरी मन्दिरमा दर्शन गरेको बताइएको छ ।

दर्शनका लागि भारत, इन्डोनेसियाको बाली, मौरिसस, विभिन्न यूरोपेली मुलुकका नागरिक पनि आएको बताइएको छ ।    यसैबीच शिवरात्रिको पावन अवसरमा पाशुपतक्षेत्रस्थित भुवनेश्वरी मन्दिरनजिक विश्वशान्ति, राष्ट्रकल्याण, मानवजातिको शान्ति समृद्धिको कामना गर्दै लक्ष्यहोम र अखण्ड रुद्रीपाठ सुरु भएको छ । 

आर्य समाज, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति, श्रीकृष्ण ज्योत सञ्जीवनी तुलसी सेवा समितिलगायतका संस्थाको आयोजनामा आज बिहान सात बजेदेखि भोलि बिहान सात बजेसम्म गरिने सो माङ्गलिक कार्यको संयोजन राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका अध्यक्ष पं तिलकराज पौडेलले गर्नुभएको छ ।   


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box