Air Ticketing in Nepal Contact to Merosindhu.com

प्रवासी समाचार

आधारातमा मलेशियावाट खेदिए नेपाली कामदार

2013-03-10 19:50:52 | मेरो सिन्धु

काठमाडौ,फागुन २७
मलेसियाको केलाङ मेहरुमा रहेको  कम्पनी ‘टप ग्लोब’ ले आधा रातमा बन्दुक देखाएर नेपाली कामदारलाई  फिर्ता पठाएको छ । कम्पनीका निजी सुरक्षाकर्मीले रातीको समयमा बन्दुक तेस्याएर थर्काएपछि नेपाली कामदार रित्तै त्रिभुवन विमानस्थल आईपुगेका थिए । ‘सुतिरहेका ठाउमा कम्पनीका पुलिसले आएर धम्कि दिएपछि एटीएमवाट पैसा समेभत झिक्न पाईएन ।’ बिहीबार ६ जनाको समूहमा नेपाल फर्काइएका सिन्धुपाल्चोक हेलम्बुका तेन्जिङ लामाल लामाले भने । लामाका अनुसार टप ः ग्लोब कम्पनीले विहीबार ६ , शुक्रवार  १३  र शनिबार ४ नेपाली कामदारलाई राति नै बल प्रयोग गरेर नेपाल पठाइसकेको छ ।

टप ग्लोब मलेशियाको प्रतिष्ठित कम्पनीका रुपमा चिनिन्छ । २७ फयाक्ट्रि सञ्चालनमा रहेको सो कम्पनीमा कार्यरत करिब ७ हजार मजदुरमध्ये नेपालीमात्रै ५ हजारको संख्यामा छन् ।  हालै मलेसिया सरकारले मजदुरको न्यूनतम पारिश्रमिक ५ सय ४६ रुपैयावाट बढाएर ९ सय रिंगेट बनाएपछि कम्पनीले पुराना नेपाली कामदारलाई हटाएर सस्तोमा नया मजदुर ल्याउने निती बनाएको छ ।

सरकारले तोकेको पारिश्रमिक र आइतबारको दोब्बर ओभरटाइम दिन कम्पनीले इन्कार गरेपछि गत आइतबार टप ग्लोबका मजदुरले २४ घण्टा हड्ताल गरेका थिए । सोही हड्तालपछि कम्पनीले नेपालीहरुलाई राता–रात निकालेको लामाको गुनासो छ । उनका अनुसार ३ र ४ जना नेपाली कामदारलाई थुनामा समेत राखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box