Air Ticketing in Nepal Contact to Merosindhu.com

प्रवासी समाचार

गाडीले ठक्कर दिंदा मलेसियामा एक नेपालीको मृत्यु

2013-01-24 21:06:14 | मेरो सिन्धु

रामचन्द्र नेपाल
११ माघ, क्वालालम्पुर । सडक दुर्घटनामा परेर मलेसियामा एक नेपाली श्रमिकको मृत्यु भएको छ । खोटाङ जिल्ला राजापानी गाविस वडा न ७ डेराखानी घर भई जोहोरबारुको पासिरगुडाङमा रहेको हृवाइटहर्स कम्पनीमा कार्यरत कमलकुमार राईको बिहीवार साँझ आठ वजेतिर समयमा ज्यान गएको सहकर्मी राजु शर्माले जानकारी दिए ।

विदाको दिन भएको कारण दिनभर होस्टलमै बसेका राई साँझपख तरकारी किन्न बजार गएका थिए । र्फकनेबेला कामदार ओसारपसार गर्ने बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो ।

ठक्कर दिने वसलाई प्रहरीले नियन्त्रणामा लिएको छ । राई दुईवर्ष अगाडि मात्रै रोजगारीको सिलसिलामा मलेसिया आएका थिए ।

Source: onlinekhabar.com/


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box