Air Ticketing in Nepal Contact to Merosindhu.com

प्रवासी समाचार

हेलम्बुकी कामी शेर्पा इजरायलमा मृत फेला

2012-07-24 03:22:12 | मेरो सिन्धु

इजरायल, ८ साउन ।

केयर गिभरको रुपमा जेरुसेलम स्थीत गोल्डमेन मेनपावर कम्पनीमा कार्यरत सिन्धुपाल्चोक हेलम्बु घर भएकी कामी शेर्पा नाम गरेकी २५९४२६९ नम्वरको पासपोर्ट, नेपाली महिला हिजो मृत अबस्थामा फेला परेको जेरुसेलमबाट एन आर एन ईजरायलका बिशाल ज्ञावाली र कोखला अभदीमका रमेश शर्माले जानकारी दिनुभएको छ ।

कोवाख्ले ओभ्दिमका माहानि यहुदा संग सम्पर्क गर्दा उहाँले आफन्त जनको खोजि र मृतुको कारण बुझ्ने पहल भईरहेको कुरा बताउनु भयो, श्रोतका अनुसार मृतक कामी शेर्पा बिगत ६ बर्ष देखि केयर गिभरको रुपमा कार्यरत थिईन । हाल मृतकको शरिरलाई तेलअभीव स्थित आबुकाबीरमा ल्याईएको छ । 

यस बारेमा नेपाली राजदुतबासका उपनियोग प्रमुख रमेश प्रसाद खनाललाई सम्पर्क गर्दा उहाँले मृत्यु के कारणले कुन प्रकारबाट भयो यसको यर्थात जानकारी प्रहरीबाट प्राप्त नभई सकेकोले नेपाली दुताबास ईजरायलले घटनाको बिबरण माग गरेको बताउनुभएको छ । पोस्टमार्टमको रिपोट आए पछाडी सबै कुराको जानकारी हुनेनै छ, सत्य तथ्य बाहिर आउने नै छ भनेर हामी आसा बादी बनौ | एक साता नबित्दै फेरी अर्की नेपाली महिलाको मृत्युको खबरले इजरायलमा कार्यरत हामी सबैलाई स्तब्ध र र्ममाहीत बनाएको छ । 

स्रोत - सहयोगी समाज


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box