Air Ticketing in Nepal Contact to Merosindhu.com

कलाकार

बिमल श्रेष्ठ

2012-07-20 02:55:31 | मेरो सिन्धु


तौथली गाविसको साधारण किसान परिवारमा जन्मेका बिमल श्रेष्ठ सिन्धुपाल्चोक जिल्लाका गहना हुन् । २०२८ साल  फागुन १५ गते तौथली वडा नं. ४ मा जन्मेका श्रेष्ठले २०६३ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । पेशाले सिभिल इन्जिनियर भएपनि उनले सांगितिक क्षेत्रमा पनि आफुलाई स्थापित कलाकारको रुपमा चिनाइसकेका छन् ।

नेवारी भाषाको गीत तथा भक्ति संगीतबाट आफ्नो सांगीतिक यात्रा शुरु गरेका श्रेष्ठले राष्ट्रिय भावनाका थुप्रै गीतहरुमा पनि  आफ्नो स्वर दिएका छन् । उनले गाएका गीतहरुमा आफ्नो जन्मभूमिको मायालाई उजागर गरेका छन् । जन्मथलो तौथलीलाई माया गर्दै सांगीतिक माध्यमले चिनाउन उनले निकालेको ' छें जन तौथली ' उनको पहिलो एल्बम हो।

सिन्धुपाल्चोक जिल्ला, तौथली गाबिस तथा राष्ट्रिय स्तरमा बिभिन्न सामाजिक संघसंस्थामा संलग्न  बिमल श्रेष्ठ हाल हेल्लो तौथली ( सल्लाहकार सदस्य), आचात जागृति मंच सिन्धुपाल्चोक ( अध्यक्ष), नेपाल युवा समाज  ( सल्लाहकार), नागरिक सरोकार केन्द्र (संयोजक), सनातन धर्म सेवा समिती पशुपति ( सल्लाहकार ) अनि सिन्धु मिलन केन्द्र र नेपाल अपांग संघको (आजीवन सदस्य) मा सक्रिय रुपमा लागिरहेका छन् ।

एउटा सफल कलाकार, गीतकार, संगीतकार अनि समाजसेबी बन्ने उदेश्यका साथ हिडेका श्रेष्ठ नेपाली गीतसंगीतमा उदयमान गायक हुन् । छें जन तौथली, सिवालय भक्ति संगीत (भजन संग्रह) जस्ता एल्बम निकालिसकेका उनी राष्ट्रिय गीतहरु सहितको तेस्रो एल्बमको तयारीमा जुटिरकेका छन् । उनले हालसम्म ४० भन्दा बढी गीतहरु गाइसकेका छन्।

(मरोसिन्धुका ताराप्रकाश श्रेष्ठसंगको कुराकानीमा आधारित - ५ साउन २०६९)

प्रतिक्रियाहरु

Malae yeasto lagoki gamdham ko mew herdai yo b ranoduniyama din bitaeraheko 6u yasma pani aagha naya kho mulaka pachadi pareka bargako pachadi pareka gam tham lae pani thorae stan dida aaga ramro pani ramro hunthoki

- Rajendra acharya : Sipapokhare-3 bishmure

धरै राम्रो सफलताको शुभकामना बिमल जी लाई

- bidhan karki : barhabise


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box