Air Ticketing in Nepal Contact to Merosindhu.com

प्रवासी समाचार

टोक्योमा भव्य तीज कार्यक्रम हुने

2012-07-17 01:31:38 | मेरो सिन्धु

काठमाडौँ, २ साउन ।

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा अन्तर्राष्ट्रिय नेपाली समाज जापानले तीज विशेष कार्यक्रम गर्ने भएको छ । बिदेशी भूमिमा रहेर पनि नेपाली कला र सस्कृतिको संरक्षण र सम्बर्धन गर्दै अन्तर्राष्ट्रिय नेपाली समाज जापानले बर्षेपिच्छे आयोजना गर्दै आइरहेको कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिन लागेको हो ।

तीजका अवसरमा आउँदो सेप्टेम्बर १६ तारिखमा टोक्योको ओताकुस्थित इकेगामी खाइकान हलमा हुनेछ । कार्यक्रम अपरान्ह ३ बजेबाट सुरु हुने समाजका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभयो । नेपालबाट आमन्त्रित तीज गायनमा पोख्त बरिष्ठ कलाकारहरुको साथमा आयोजना हुने तीज कार्यक्रममा जापान स्थित विभिन्न नेपाली सामाजिक संघसंस्थाहरुको साथै केहि प्रतिष्ठित व्यबसायिक संस्थाहरुको पनि सहयोग रहने आयोजक सस्थाका महासचिब पुस्कर जंग थापाले जानकारी दिनुभयो ।

स्रोत: टोक्योनेपाल


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box