रामकृष्ण पौडेल "अनयास"
विश्वको शिर सगरमाथा ढल्दै छ रे बुद्ध
चन्द्र सुर्य सिङ्गो नेपाल जल्दै छ रे बुद्ध ।
पुर्व सिता रुदै छन् रे, भारतले आगो झोस्दा
होस् गर तिम्रो घर नि बल्दै छ रे बुद्ध ।
सोझा जन्ता भड्काएर सत्ता खाने निउले आखिर
देशमा गृह युद्ध फेरी,चल्दै छ रे बुद्ध ।
अनेक लोभ जालझेलको राजनितिमा फेरि
संबिधानले यो चौधलाई छल्दै छ रे बुद्ध ।
भरतपुर -13,गजलकुन्ज
चितवन