Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

तातोपानी नाका खुल्यो

2012-02-16 02:09:22 | मेरो सिन्धु

सिन्धुपाल्चोक, फागुन ४

सीमामा इन्स्पेक्टर विश्व कार्कीको सरुवा माग्दै स्थानीय व्यवसायीद्वारा चार दिनदेखि बन्द तातोपानी नाका सहमतिमा बुधबार राति १० बजे खुलेको छ। स्थानीय प्रशासन र आन्दोलनकारीबीच राति तीनबुँद सहमतिपछि नेपाल-चीन व्यापारिक कारोबार नाका सञ्चालनमा आएको हो । कार्कीले नाकामा 'अनावश्यक कडाइ' गरेको भन्दै व्यवसायी आइतबारदेखि आन्दोलनमा थिए। उनीहरूले कार्की सरुवाको अडान नत्याग्दा यसअघिका वार्ता विफल भएका थिए। कार्कीको 'ज्यादती' अनुसन्धान गर्न छानबिन समिति गठन गर्ने र सो प्रतिवेदनको निष्कर्षका आधारमा उनलाई कारबाही गर्ने, विभिन्न आरोपमा उनले खिचेका विभिन्न व्यक्तिका तस्बिर 'डिलेट' गर्र्ने आन्दोलकारीसँग सहमति भएको वार्ताटोली प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए ।
स्रोत नागरिक दैनिक 


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box