चौतारा गाविस-८ स्थित नेपाल दुरसञ्चार संस्थान शाखा कार्यालयको स्टोर कोठामा फेला परेको बम ०६८ फागुण २ गते चौतारा स्थित गोरखनाथगणका नेपाली सेनाले डिस्पोज गर्यो । सशस्त्र द्वन्द्वको समयमा सेनाले छाडेको सो बम दूरसञ्चारका कर्मचारीले आजै बिहान देखेपछि प्रहरीलाई खबर गरेको प्रमुख जिल्ला अधिकारीकमलमणि काफ्लेले बताए । तार सहितको गोल्टीन बट्टा भीत्र रहेको विष्फोटक बस्तु जस्तो देखिएकोले नेपाली सेनालाई खबर गरेको जिल्ला प्रहरीकार्यालयका इन्स्पेक्टर सुजनराज भण्डारीले बताए । द्वन्द्वकालमा दुरसञ्चारको सुरक्षाका लागि सेनाहरू बसेका थिए । फेलापरेको बम सुरक्षार्थ खिटिएका सेनाहरूले छाडेर गएको हुनसक्ने जिल्लाप्रहरी कार्यालयले जनाएको छ । |