भुपेन्द्र केसी
माघ २६, सिन्धुपाल्चोक
हिजो साँझ साँढे पाँच बजे परेको चट्यांगले सिन्धुपाल्चोकको लिसंखु गाबिस वडा न ९ का ४६ बर्षिय माइली श्रेष्ठको मृत्यु भयको छ । उनको एक छोरा र एक छोरी सहित अरु सातजना बेहोश भयका छन् । घाइते तथा बेहोश हुनेहरुमा शारदा शाक्य, कल्पना खत्री, कृष्ण शाक्य, शुष्मा खत्री, कल्याणी खत्री, गौरीमाया खत्री र सानुमाया श्रेष्ठ रहेका छन् । घाइतेहरुको लिशंखु स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । गाउँका ४५ घरहरुमा सामान्य क्षति पुगेको छ ।