
सांगीतिक क्षेत्रमा सिन्धुपाल्चोक अग्रणी स्थानमा छ । थुप्रै साहित्यकार लेखक अनि कलाकार यसले जन्मायको छ । ती कलाकारमध्ये मायाप्रेमका मात्र नभई सिंगो देशको माया अनि देशप्रेमले ओतप्रोत भयका भावनाहरु समेट्ने गायक अथवा संगीतकार हुन् अर्जुन बिक्रम थापा । आफ्नो पछिल्लो गीति संग्रहमा सम्पूर्ण नेपालीको वास्तविक कथा, व्यथा अनि पीडाले भरियको भावनात्मक शब्दहरुको समायोजन गर्दै कालो बादल र राष्ट्रिय भावनाले भरिपुर्ण शान्तिको संदेश दिने जनता जिन्दाबाद बोलको गीत समाबेश गरेका छन् । २०४० सालदेखि संगीत तथा गायन सुरु गरेका थापाले पहिलो यल्बम मनकी रानी र दोस्रो पिरतीको उपहार निकालिसकेका छन् । सिन्धुपाल्चोकको बाँडेगाउँ तिनघरेमा जन्मिनुभयका थापा भबिस्यमा जिल्लालाई समेट्ने विभिन्न गीतसंगीत तथा साहित्य प्रकाशनमा प्रयासरत हुनुहुन्छ । माटोको प्रेमले पूर्ण मन यो मूल भैरहोस उज्यालो कामको लागि तन यो फुल भैरहोस । अर्जुन बिक्रम थापालाई सफलताको शुभकामना ।।।