माघ ९ । काठमाडौ – व्यापारी पवन सांघाइको अपहरणमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले आज आरजु सुब्बा नाम गरेकी एक महिलालाई पनि पक्राउ गरेको छ ।
सांघाई अपहरण काण्डका मुख्य आरोपी श्यामशुन्दर गुप्ताले फिरौतीको केही रकम सुब्बालाई राख्न दिएको खुलेकोले पक्राउ गरिएको महाशाखाका प्रहरी नायव उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
नयाँबजारबाट पक्राउ परेकी सुब्बालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमान ढोकामा राखिएको छ । यस प्रकरणमा प्रहरीले सभासद्समेत रहेका गुप्तासहित चारजनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।