माघ ९ । दुवई – विश्वलाई नै आकर्षित गर्ने ‘दुवई महोत्सव–२०१२’ नेपालीहरुको लागि पनि निकै महत्वपूर्ण सावित भएको छ । दुवईको ग्लोबल भिलेजमा चलिरहेको मेलामा नेपाल भवन पनि छ, जहाँ नेपाली संस्कृति झल्काउने विभिन्न स्टलहरु राखिएका छन् भने त्यहाँ नेपाली सरसमान पनि पाइन्छ ।
जारी महोत्सवमा विभिन्न देशका पर्यटकहरुको घुइँचो लागेको छ भने विभिन्न देशका कलाकारहरुले आफ्नो देशको कला, खेल र संस्कृतिको प्रदर्शन गरिरहेका छन् ।
निकै झकिझकाउ सजावटका कारण अहिले दुवै निकै नै सुन्दर बनेको छ । विश्वको सबैभन्दा अग्लो टावर बुर्ज खलिफा, विश्वको सबैभन्दा ठूलो दुबई सपिङ मल र विश्वको सबैभन्दा मंहगो इत्लान्तिक्स होटल अहिले पर्यटकहरुको आकर्षणको केन्द्र बनेका छन् । दुबईमा रहेको ग्लोवल भिलेजले एकै शहरबाट विश्वको अनुभूति गराएको छ । जहाँ सबै देशहरुको आफ्नै भवन र त्यस भवनमा आफ्नै देशको कला र संस्कृतिले भरिएको सरसमान पनि पाइने व्यावस्था छ । जनवरी ५ बाट सुरु भएको यो मेला ५ फेब्रुअरी २०१२ सम्म चल्नेछ ।