
भुवन केसी, नायक
तपाईले बनाउने फिल्म बन्ने क्रममा नै चर्चामा आउँछन् किन ?
म फिल्म बनाउदा जे पायो त्यही बनाउादिन, सोचेरै बनाउछु । त्यसैले गर्दा समय लाग्छ । जे पनि राम्रो गर्नको लागि समय त लाग्छ नै पैसा पनि लाग्छ साथमा मेहनत पनि पर्छ । समय र मेहनत लगाएर गरेको चिज राम्रो त हुन्छ नै । राम्रो फिल्म बनाउन फिल्मको बारेमा ज्ञान पनि हुनुपर्यो । कति मान्छेहरु पैसा लगाउान् तर आइडिया हुादैन । अनि किन चलेन भन्ठान्छन् । यी सबै कुरामा ध्यान पुर्याएपछि राम्रो हुन्छ । त्यसैले म अरुको फिल्म पनि धेरै खेल्दा पनि खेल्दिन आफ्नो फिल्ममा समय दिन सकिदैन भनेर ।
तपाई र सुस्मिताजी सँगको सम्बन्धको खासमाकुरा के हो ?
उहाँको र मेरो ६/७ बर्ष पहिले नै डिभोर्स भएको हो । हाम्रो समाजमा डिभोर्स भइसकेपछि संगै बस्ने, काम गर्ने र बोलचाल गर्ने गरेको पाइदैन । विदेशतिर त त्यस्तो हुन्छ । र, हामीले डिभोर्स पछि पनि बच्चाको भविष्य, शिक्षा र मनस्थितिको लागि सागै बस्ने प्रयास गरेका हौं । प्रयास गर्दै जाँदा ६/७ बर्षै बित्यो । यो लामो अवधी सागै बस्दा मिलेछन् क्यार भन्ने सोच्नु पनि स्वाभाविकै हो । तर मिलेको होइन भनेर मैले भनेको पनि हुँ । यस्तो बेला मानिसहरुलाई यो नाटक हो कि भन्ने लाग्नु पनि स्वाभाविक नै हो । एकातिर डिभोर्स गरेको भनेका छन्, अर्कोतिर सागै बसेका छन्, फिल्ममा काम पनि गरिरहेका छन् । तर बच्चाको लागि एउटा राम्रो साथीको हिसाबले हामीले संगै काम पनि गर्यौं, कुनै पार्टीमा बोलाउादा कति ठाउामा संगै जानु पनि पर्यो । त्यसकारणले त्यो कन्फ्युजन मात्रै हो । अब त बच्चा पनि ठूलो र बुझ्ने भइसक्यो । हाम्रो विचार मिलेन । त्यसैले नमिल्दा नमिल्दै पनि सम्झौता गरेर बाध्यताबश बस्न पनि ठीक लागेन । त्यसैले हामी छुट्टै बसेका हौं । तर छुट्टै हुदैमा हाम्रो दुश्मनी, बोलचालै नहुने भन्ने पनि छैन । त्यस्तो मौका परेको खण्डमा हामी संगै काम पनि गर्न सक्छौं । तर हाम्रो सम्बन्ध लोग्ने स्वास्नीको रुपमा छुटेको सात बर्ष अगाडि नै हो र अब फेरि त्यही सम्बन्ध बन्ने सम्भावना छैन । तर हामी साथी बनि नै राख्छौं । एक अर्काका दुश्मन होइनौं ।
यो प्रेमको सन्दर्भमा कुनै समयमा चाहिं जीवन नै उहीसँग विताउँछु भन्ने हुने अनि पछि फेरि छुट्टिने किन हुन्छ ?
मान्छेको भविष्यमा के हुन सक्छ भनेर भविष्यवाणी कसैले पनि गर्न सक्दैन । त्यसैले अन्तिममा तकदिरमा
जे लेख्या छ त्यही हुने हो । कसैले पनि म डिभोर्स गर्छु भन्ने सोचेर विवाह गरेको हुादैन । मानिस भेट्नेबित्तिकै, प्रेम हुने वित्तिकै यो मान्छेको भित्रि यो छ, जिन्दगीभर यसको प्रकृति मसँग मिल्छ भनेर पण्डित वा ज्योतिषलाई चिना नै देखाएर जुराए तापनि
दिलभित्र हेर्ने त कुनै आखा हुादैन ।
त्यसले गर्दा राम्रो होला कि भनेर विवाह गर्दा कहिलेकाही राम्रो हुदैन । बीचमा कसैको के होला, कसैको के चित्त नबुझ्ला । अनेकौं कारण हुन सक्छ । त्यो चिज नमिलेपछि जिन्दगी गुजार्न
त गाह्रो हुन्छ । अब समाजले के भन्ला ? साथीभाईले के भन्लान् भनेर आफूलाई चित्त नबुझी-नबुझी जिन्दगी गुजार्नु
पनि ठीक हुन्न । त्यो भन्दा छुट्टै बस्नु बेस हुन्छ । त्यसैले यस्ता
कुरा हुन्छन् ।
तर तपाईंजस्तो सामाजिक व्यक्तिसँग जोडिएर बारम्बार यस्तो
हुादा त समाजमा नकारात्मक सन्देश जाँदैन र ? यस्तो किन हुन्छ ?
हो, कुनैपनि लोकपि्रय मान्छेले जाड खायो भने पनि ओहो यति ठूलो मान्छे पनि जाड खाएर हिड्दोरहेछ भन्ने चर्चा हुन्छ । र, दुइ तीनवटा विवाह भयो पनि कसरी भयो होला भन्ने पर्नु स्वभाविकै हो । तर यस्तो हुन्छ । विदेशमा त यस्ता घटनाहरु धेरै सुन्नमा आउँछन् । दशौं चोटि डिभोर्स भएका लोकपि्रय स्टारहरु छन् । एउटा साधारण मानिसको जीवनमा त्यस्तो घटना घट्दाखेरी पाठक दर्शकहरुलाई जिज्ञासा कम हुन्छ तर अलि लोकपि्रय मान्छेको चाहिं चाडै चर्चामा आइहाल्छ । अर्को कारण लोकपि्रय मानिसलाई धेरैले मन पराइरहेको हुन्छ । त्यसो भएपछि त्यस्तो घटना घटिरहने अलि बढी सम्भावना पनि हुन्छ । विश्वमै हेर्ने हो भने पनि हलिउडका स्टारहरु, बलिउडका स्टारहरु, जस्तो ब्रुस्ली, सञ्जय दत्त, देवानन्द, राजेश खन्ना आदिको जीवनमा यस्तो भएको देखिन्छ ।
प्रेमको सन्दर्भमा तपाईको विचारहरु चर्चामा आइरहन्छन् । कसरी हुन्छ प्रेम ?
प्रेम भन्ने चिज त सोचेर, अब म गर्छु यसलाई गर्छु भनेर हुने होइन । प्रेम अचानक हुने चिज हो । प्रेम र दुर्घटना भनेको उस्तै-उस्तै हो । दुर्घटना पनि मानिसले गर्छु भनेर गरेको हुादैन । त्यसै गरी प्रेम पनि मैले यतिबेला यो सँग गर्छु भनेर सोचेर गरिदैन । त्यस्तो गर्यो भने त्यो स्वार्थी प्रेम हो । अचानक जिन्दगीको मोडमा कोही मान्छे भेटिन्छ । त्यो केटा होस् या केटी । प्रेम अचानक हुने भएकोले जिन्दगीको मोडमा कुनै पनि बेला हुन सक्छ । तर सोचेर हुने चिज भने होइन ।
एकजनासँग विवाह गरिसकेपछि विवाह नै गर्ने गरी अर्कोसँग प्रेम हुन्छ र ?
विवाह गरिसकेपछि त्यही उद्देश्यले अरुसँग प्रेम हुन सक्दैन । प्रेम त हुन्छ तर त्यो साथी, शुभचिन्तक, दिदीबहिनीको नाताले भएको हुन सक्छ । तर विवाह भएको मान्छेसँग सम्बन्ध राम्रो नभइरहेको भएमा त्यस्तो प्रेम पनि हुन सक्छ । सम्बन्धमा औपचारिकता त निभाइरहेको छ तर एकअर्कामा असन्तुष्ट छ भने चाहिं बाहिर प्रेम भइरहेको हुन सक्छ । तर सााच्चिकै प्रेम छ भने बाहिर प्रेम हुादैन ।
प्रसंग बदलौं, तपाई त पहिला गायक पनि हुनुहुन्थ्यो । अहिले कहाँ गयो त्यो गायक ?
गाउन चाहि मैले पूरै छोडिदिएा । हरेक चिजमा सफलता पाउनको लागि मानिसको त्यसमा लगनशीलता, अध्ययन, प्रयास र निरन्तरता हुन जरुरी छ । तर त्यो म भ्याउादिन । पहिला पनि मैले सोखले गाना गाएको हुा । साथीहरुले ‘तेरो स्वर राम्रो छ’ भनेर भनेकोले गाएको थिएा । २/४ गीतहरु हिट पनि भयो । तर हिट भयो भन्दैमा आफूलाई अब्बल दर्जाको गायक हुा भन्ने सोचिन । गाउन त सक्छु । तर गाएर नेपालको नंबर वान गायक हुन सक्दिन भन्ने मलाई राम्ररी थाहा थियो । हरेक मानिसले आफूभित्र भएको प्रतिभा राम्रोसँग बुझ्नुपर्छ । त्यसमा लाग्यो भनेमात्रै उसले सफलता हासिल गर्छ । तर अलि-अलि जानेकै भरमा म जे पनि गर्न सक्छु भनेर लाग्यो भने उसले सफलता हुन सक्दैन । सोखले लाग्नु र सारा दर्शकको मन जितेर व्यवसायिक रुपमा लाग्छु भन्नुमा फरक छ ।
पहिले गाउने बेलामा त गायक बन्छुजस्तो लाग्थ्यो होला नि ?
त्यतिबेला पनि लाग्दैनथ्यो । यही पेशामा लाग्छु, म टप गायक हुन्छु भन्ने लाग्दैनथ्यो ।
हरेक मान्छेको रहर हुन्छ नि कुनै क्षणमा । त्यस्तै रहर पूरा गरेको मात्रै हो । मैले व्यवसायिक रुपमा गायक हुने सपना त्यतिबेला पनि देखेको थिइन ।
अभिनयमा चाहिं कस्तो लगाव थियो त ?
अभिनयमा त बच्चादेखि नै अभिनय नै गर्छु भन्ने लाग्थ्यो । हुन त मैले स्कूलमा केही नाटकहरु
मात्रै गरें । तर अभिनय चाहिं भित्रबाटै गर्छु भन्न लाग्थ्यो । दिलमा इच्छा जे छ त्यही गर्यो भने मात्रै मानिस सफल हुन्छ । कहिले काहीं देशकाल परिस्थितिले आˆनो इच्छा एकातिर छ काम अर्कातिर त्यस्तो बेला मानिसलाई सफलता पाउन गाह्रो हुन्छ । किनकि त्यो मानिसको दिमाग नै त्यहाँ गइरहको हुादैन । हरेक मानिसले गर्न चाहेको काम पायो
भने सफल हुन्छ । जस्तो मलाई अहिले फिल्म लाइनमा भन्नुहोस् न । मलाई राती दुई
बजे उठाएर सुटिङ्गमा लग्यो भने पनि ‘यतिबेला राती’ भनेर म कहिल्यै भन्दिन । मलाई काम गर्दा एकदम आनन्द आउँछ । यति आनन्द आउँछ कि यो काम हो भन्ने नै लाग्दैन र समय गएको, रात बितेको, खाना नखाएको केही पनि म पत्तो पाउादिन । मेरो सफलताको राजै यही हो । यदि मलाई यो कुरा कसैले जबस्र्जस्ती
गराएको हो भने सुटिङ्गमा लिन आउादा पनि जान मन नलाग्ने, कतिखेर काम सकेर घर जान पाए हुन्थ्यो भनेको जस्तो हुन्थ्यो । त्यसैले अभिनयचाहिं मेरो सानैदेखिको चाहना हो ।
चलचित्र क्षेत्रमा जुनी, कुसुमे रुमाल,सम्झनादेखि साथी म तिम्रोसम्म आइपुग्दा कहा पुगेंजस्तो लाग्छ ?
तेन्जिङ्ग शेर्पाजीले पहिलो चोटि हिमाल चढ्नुभयो । बाटो देखाउनुभो, नेपाली झण्डा गाड्नुभयो । पछि धेरैले हिमाल चढे । अब तेन्जिङ्ग शेर्पाजी कहा पुग्नुभयो भनेर सोध्ने ? चढ्न त पछि धेरैले चढे । अहिले शेर्पा जी बुढो हुनुभयो, चढ्नुभएन तर किर्तिमान त उहाले नै राखेको हो । उहाकै पदचिन्हमा धेरै मानिसहरु हिडेका हुन् नि । अब कहाा पुग्नुभयो भन्ने त ? त्यस्तै हो मेरो फिल्मी यात्रा पनि । म कहा छु भन्ने मूल्याङ्कन त तपाईहरुले गर्ने हो मैले होइनजस्तो लाग्छ ।
नेपाली चलचित्रमा प्रतिभा, सीप र अध्ययन गरेरभन्दा पनि रहरको भरमा आउने धेरै भएकोले यो क्षेत्र धेरै अघि बढ्न नसकेको भन्छन् नि?
त्यो त हो । यस्तो सबै क्षेत्रमा हुन्छ । त्यसैले सबैको उस्तै स्तर हुदैन । यो लाइनमा पनि त्यस्तो छ । तर हावाको भरमा कलाकार हुन र फिल्म बनाउन आउनेहरु आउनुहुन्छ, पछारिनुहुन्छ अनि टाप कस्नुहुन्छ वा पछि सिकेर सम्हालिएर राम्रो गर्नुहुन्छ । तर यो क्षेत्रमा त्यस्ता केही व्यक्तित्वहरु पनि छन् जो सफलताको चुलीमा पुगेर पनि मात्तिदैनन् र पछारिए पनि आत्तिदैनन् । जस्तो हरिवशं आचार्य, मदनकृष्ण श्रेष्ठ, भुवन केसी, सन्तोष पन्त । हामीले सफलता पनि देखेका छौं तैपनि हामी मात्तिएका छैनौं । अनि असफलता पनि भोगेका छौं तर आत्तिएका पनि छैनौं ।
नेपाली फिल्मको सबल पक्ष र दुर्वल पक्ष के-के हुन् जस्तो लाग्छ यहालाई ?
हाम्रो देश गरिब भएको हुनाले हाम्रो फिल्म बनाउने साधनहरु हामीले सोचेको जस्तो छैन । यो कमजोर पक्ष हो । त्यो भइदिएको भए हामी विदेशीको टक्करमा फिल्म बनाउन सक्थ्यौं । अब त्यो किन्नलाई महागो छ । यदि किनेर ल्याउने नै हो र विदेशीको तुलनामा वाह भन्ने फिल्म बनाउने हो भने निकै महागो हुन जान्छ । महागो फिल्म हेर्न सक्ने सबै नेपालीहरुको क्षमता छैन । त्यसैले गुणस्तरमा समस्या आउँछ । अरु पक्ष त सबै राम्रो छ ।
तपाईलाई आफ्नै सबल र दुर्वल पक्ष चाहिं के-के लाग्छ नि ?
मेरो कामप्रतिको आत्मविस्वास नै मेरो सबल पक्ष हो । म जुन फिल्म बनाउछु, त्यो उत्कृष्ट नै बनाउाछु भन्ने मेरो भित्रबाटै काम गराइ प्रतिको आत्मविस्वास छ । तर कहिलेकाहीं मैले विस्वासै गर्न नपर्ने मानिसलाई पनि धेरै चाडै विस्वास गर्छु । त्यस्तोबाट चाहिं मैले घोडेलात खान्छु ।
(केहि समय अघि नै लिइएको अन्तरवार्ताको सान्दर्भिक अंश ।)
प्रस्तुती : कला अनुरागी