राष्ट्रिय समाचार

आज शिक्षण संस्था अगाडि प्रदर्शन

2012-01-21 23:31:49 | कला अनुरागी

माघ ८ । काठमाडौ – सरकारले गरेको पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोधमा चरणबद्ध आन्दोलन घोषणा गरेका विद्यार्थी संगठनहरुले आज देशभरका शिक्षण संस्थाहरु अगाडि धर्ना दिएका छन् ।

राजधानीका मुख्य क्याम्पसहरु अगाडि भएको साढे नौ बजेदेखि साढे १० बजेसम्मको एक घण्टे प्रदर्शन र धर्नाले राजधानीको सवारी आवागमन प्रभावित बनेका थियो ।

बिद्यार्थीहरुले आज दिनभर शिक्षण संस्था अगाडिबाट सरकारी नम्बर प्लेटका सवारी साधन गुड्न नदिने बताएका छन् । प्रदर्शनकै क्रममा राजधानीको कोटेश्वरचोकमा खानेपानी संस्थानको स्वामित्वमा रहेको बा. १ ब ३६९९ नम्बरको मोटरसाइकल बिद्यार्थीहरुले जलाइदिएका छन् । मोटरसाइकलमा चढेर कार्यालय गइरहेका कर्मचारीलाई ओरालेर विद्यार्थीले आगो लगाइदिएको प्रहरीले जानकारी दिएको छ । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेको प्रहरीले बतायो ।

यसअघि सांकेतिक विरोध, विरोध सभालगायतका कार्यक्रमहरु विद्यार्थीहरुले गरिसकेका छन् ।

नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, मट्टितेल र डिजेलमा प्रतिलिटर ९ रुपैयाँ, खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर १ सय ७५ रुपैयाँ र आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box