स्थानिय समाचार

'माङ्खा हत्याकाण्ड पूर्वयोजनाबमोजिम'

2012-01-21 23:19:00 | मेरो सिन्धु

चौतारा , माघ ८ - सिन्धुपाल्चोकको माङ्खा ९ का एक ५० बर्षीय पुरुषको हत्या पूर्वयोजनाबमोजिम भएको प्रहरीले निष्कर्ष निकालेको छ । बिहीबार स्थानीय देउरालीमा मृत फेला परेका स्थानीय यमप्रसाद तिमिल्सिनालाई हत्यापछि भीरबाट फ्याँकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बुधबार मध्याह्न खाडीचौरमा खसी बेचेर जलबिरे सडकको नौबिसे हुँदै घर फर्केका यमप्रसादलाई भोलिपल्ट मृत फेला पारिएको थियो । लुगा फुकालेर कुटपिट गरी करिब ३ सय मिटर टाढा भीरबाट लडाएको अनुमान प्रहरीको छ ।
स्रोत : कान्तिपुर दैनिक

प्रतिक्रियाहरु

जिल्लामा हत्याका घटना बढिरहेका छन। सबै राजनितिक दलको अपराधी स‌रक्षण गर्ने प्रबृतिले भएको हो।

- रमेश : Sindhupalchok


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box