राष्ट्रिय समाचार

सरकार र अखिल तराईबीच वार्ता सम्पन्न

2012-01-21 04:49:22 | कला अनुरागी

माघ ७ । काठमाडौ – सरकार र तराइमा सशस्त्र भूमिगत गतिविधि सञ्चालन गरिरहेको अखिल तराई मुक्ति मोर्चाबीच आज वार्ता भएको छ ।

सप्तरी जिल्ला विकास समितिको कार्यालयमा भएको वार्तामा छ बुँदे सहमति गरी मोर्चाले शान्तिपुर्ण राजनीतिमा आउन प्रतिबद्धता जनाएको बताइएको छ । सरकारी वार्ता टोलीकी संयोजक शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडीको टोलीसँग  मोर्चाका तर्फबाट उपाध्यक्ष अजित सिंह नेतृत्वको टोलीले वार्ता गरेको हो । सरकारी वार्ता टोलीमा मन्त्री पहाडीसहित गृहराज्यमन्त्री भिमलाल राजवंजी, विनाविभागीय मन्त्री राजलाल यादव तथा शान्ति मन्त्रालयका सचिब ध्रुबप्रसाद शर्मा सहभागी हुनहुन्थ्यो । समूह जयकृष्ण गोइत नेतृत्वको भनिए पनि गोइतले भने आफ्नो संगठनको सरकारसँग वार्ता गर्ने कुनै कार्यक्रम नरहेको बताएका थिए। उनले अजित सिंहलाई आफ्नो संगठनले कारबाही गरिसकेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box