तौथली -सिन्धुपाल्चोक, पुस १४
जिल्लाको ऐतिहासिक गाँउ तौथलीमा 'तौथली महोत्सव' बिहीबारबाट सुरु भएको छ । मल्लकालीन सहरका रूपमा परिचित तौथलीमा 'परम्परागत कला
संस्कृतिको संवर्द्धन गरी आन्तरिक पर्यटक प्रवर्द्धन गरौं' भन्ने मूल
नाराका साथ आयोजना भएको महोत्सव तीन दिनसम्म चल्नेछ ।
शिलालेख अनुसार नेपाल संवत् ८०४ मा मल्लकालीन महारानी गंगादेवीले त्रिपुरासुन्दरीको मन्दिर निर्माण गरेपछि तौथलीको विकास भएको पाइन्छ । गुजुमुज्ज रुपमा अवस्थित तौथली गाउँको ऐतिहासिक, धार्मिक र स्थानीय उत्पादनको प्रसारप्रचार गरी राष्ट्रिय रूपमा परिचित गराउने उद्देश्य आयोजकले राखेका छन् ।
बिहीबारदेखि सुरु भएको तौथली महोत्सवलाई एकिकृत नेकपा माओवादीले भने वहिष्कार गरेको छ । महोत्सवमा काँग्रेस एमाले हावी भएको भन्दै माओवादीले महोत्सव बहिस्कार गरेको हो ।