स्थानिय समाचार

क्षतिपूर्ति माग्दै अरनिको राजमार्ग बन्द

2011-12-01 22:39:12 | मेरो सिन्धु

ध्रुव दंगाल/चौतारा
मङ्सिर १६ - भ्यानको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु भएको घटनालाई लिएर पीडित परिवार र स्थानीय बासिन्दाले आज बिहानैदेखि अरनिको राजमार्ग ठप्प पारेका छन्। राजमार्गको खाडीचौर र बलेफी बजारमा अवरोध खडा गरेर सवारी आवागमन ठप्प पारिएको छ। अवरोधले गन्तव्यमा हिंडेका दर्जनौं सवारी साधन बाटोमै रोकिएका छन् भने सयौं यात्री अलपत्र परेका छन्। उचित क्षतिपूर्तिमा माग गर्दै राजमार्ग बन्द गरिएको हो। पीडित परिवार र आफन्तले प्रदर्शन समेत गरिरहेका छन्। राजधानीबाट तातोपानी, बाह्रविसे, दोलखा र रामेछाप हिंडेका र त्यताबाट काठमाडौं आउँदै गरेका सवारी साधन रोकिएका छन्।

बुधबार भक्तपुरको जगातीमा ना २ ख ६०५० नम्बरको आइचर भ्यानको ठक्करबाट बा २४ प ४४२६ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक मांखा-३ का बलाराम तामाङ र हगाम-७ का १७ वर्षीय उद्धव श्रेष्ठ गम्भिर घाइते भएका थिए। उपचारको क्रममा घाइते दुबैको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्युको खवरपछि राजमार्ग झरेका आफन्तले बिहीबार राति १० वजेपनि सवारी आवागमन अवरुद्ध पारेका थिए। पीडितसँग वार्ता गरेर बन्द राजमार्ग खुलाउन जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर वेणी सिलवालको नेतृत्वको टोली त्यसतर्फ गएको छ।

प्रतिक्रियाहरु

sakesamma chhito kholna paye hunthyo tes thaubata aaune yatruharu ra ktm bata jane yatruharulai saharai mar parne bhayu ni ta aakhir tiniharuko ta galti chaina jasle galti garyo uslai po samtnuparyo ta yesari yatruharulai ta marma parnu bhayena ni haina ra??????....

- jeevan thami : dolakha


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box