महोत्सव २०६८

सिन्धुपाल्चोक महोत्सव आज सकिँदै

2011-11-22 21:49:28 | मेरो सिन्धु

चौतारा, ७ मंसिर।
‘सिन्धुपाल्चोक समृद्धिको आधार, जलस्रोत, पर्यटन, कृषि र व्यापार' भन्ने नारासहित शनिबार सुरु भएको पाँचदिने सिन्धुपाल्चोक महोत्सवको आज बुधबार समापन हुँदैछ । महोत्सवको समापन नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको आयोजक सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव समापनका अवसरमा स्थानीय राजनीतिक दलहरुले संयुक्त रुपमा हस्ताक्षर गरी जिल्लाको विकास र समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
यसैबीच आज पर्यटन विकासको सम्भाव्यताका विषयमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । नेपाल पर्यटन बोर्ड, टे्रकिङ व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान, नाटा र होटल व्ययवसायीका प्रतिनिधिसँग छलफल गरिने बताइएको छ ।

महोत्सवका अवसरमा जिल्लाको विकास निर्माणका  विविध विषयमा जिल्लास्थित राजनीतिक दलका नेताहरुले जलस्रोत, कृषि, उद्योग तथा व्यापारसँग सम्बन्धित जानकारहरुसँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियाबाट आएका सुझावका आधारमा १० वर्षे सिन्धुपाल्चोकको विकाससम्बन्धी १० वर्षे गुरुयोजना निर्माण गरिने बताइएको छ ।

मंसिर ३ गतेबाट शुरु भएको महोत्सवमा डेढ लाख भन्दा बढीले अवलोकन गरेका र आज झण्डै ५० हजारले अवलोकन गर्ने आयोजकको विश्वास छ।

प्रतिक्रियाहरु

हजुर नमस्ते ! नया वर्षा २०१२ को उपलक्ष्यमा मेरो परिवार लगायत सम्पूर्ण सथिभैएहरु धेरै धेरै सुभ - कामना !

- Kamal Giri : sindhupalchok , duwachour-9 keurani { hal malaysia pulau pinang }


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box