काठमाडौं १० बैशाख। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । एक महिनाको अवधिमा निगमले गरेको यो दोस्रो पटकको मूल्यबृद्धि हो । गएराति बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ८२ तथा डिजेल र मट्टितेल प्रतिलिटर ६३ रुपैयाँ तोकिएको छ ।
सिन्धुपाल्चोक, ८ वैशाख नेपाली इन्जिनियरले स्थानीय स्रोतसाधन प्रयोग गरी निर्माण गरेको टर्वाइन जडानपछि थोरै पानीमै विद्युत् उत्पादन दोब्बर बढेको छ । जिल्लाको थाङपालधाप गाविसमा सञ्चालित हाँडीखोला लघु जलविद्युत् परियोजनामा नेपालमै पहिलोपटक यस्तो टर्वाइन परीक्षणका रूपमा प्रयोगमा ल्याइएको हो ।
काठमाडौ ,बैशाख ८ गते गत चैत्र महिनामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ३ सय ७२ सवारी दुर्घटना भएका छन् भने ती दुर्घटनामा ६ सय ६२ सवारी साधन संलग्न रहेका छन् । दुर्घटनामा परेर चैत्र महिनामा ११ जनाको मृत्यु, ७६ जना गम्भीर घाइते र ३ सय २७ जना सामान्य घाइते भएका थिए भने चौपाय १ वटाको समेत मृत्यु भएको थियो ।
चौतारा, ६ बैशाख। सिन्धुपाल्चोकको मेलम्चीमा निर्माणाधीन चार दशमलब पाँच मेघावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको छ। सुनकोसी हाइड्रो प्रालिद्वारा ९१ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सो आयोजनाको तीन हजार १५४ किमी भूमिगत सुरुङमध्ये एक हजार ९०० मिटर खन्ने काम सम्पन्न भइसकेकाले डेढ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको प्रोजेक्ट मेनेजर चन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
सारा देवकोटा तातोपानी (सिन्धुपाल्चोक), ४ वैशाख नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापार घटेको छ । तिब्बततर्फको गैरआर्थिक अवरोधका कारण व्यापार घटेको हो । तिब्बतबाट नेपालतर्फ पैठारी घट्नाले यस वर्ष भन्सार राजस्व पनि प्रत्यक्ष प्रभावित भएको छ । तिब्बतसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट बर्सेनि उल्लेख्य रूपमा हुने व्यापारमा यस वर्षको मार्च महिनादेखि उल्लेखनीय कमी आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
१ वैशाख, चितवन । नारायणगढ-मुग्लीन सडकखण्ड अन्तर्गत चितवनको दारेचोकमा बुधबार विहान भएको ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
रविन राचलिका कप्युटरको प्राराम्भिक उपकरण अबाकसको प्रतियोगिता हुने भएको छ । दुई हजार बर्ष पहिले चीनमा आबिष्कार भएको अबाकस बालबालिकालाई गणित सिकाउन प्रयोग गर्ने गरिएको छ ।
काठमाडौ, चैत्र २४। घरजग्गा तथा अपार्टमेन्टको व्यवसायमा पछिल्लो समय केही मन्दी देखिए पनि आइतबार कौशलटार पुग्दा त्यस्तो लाग्दैन । बिहानैदेखि सर्वसाधारणको जिज्ञासा बुझाइरहेका इस्टर्न अपार्टमेन्ट बिक्रेता फुर्सदमा थिएनन् ।
काठमाडौं, १७ चैत प्रतिगामी शक्तिहरूले टाउको उठाउन खोजेको भन्दै प्रमुख राजनीतिक दलका शीर्षनेताहरूले जसरी पनि संविधान बनाउने प्रतिबद्धता गरेका छन् । उनीहरूले एकजुट भएको सन्देश प्रवाहित गरी संविधान निर्माणप्रतिको आशंका हटाउने पनि बताएका छन् ।
सप्तरी, १८ चैत। सप्तरीको एउटा परीक्षाकेन्द्रमा सोमबार ४६ नक्कली परीक्षार्थी भेटिएका छन् । पत्थरगाडास्थित एसएलपी उच्चमावि महुँका परीक्षाकेन्द्रमा अर्काको नाममा परीक्षा दिने ४६ जना नक्कली परीक्षार्थी फेला परेका हुन् । परीक्षा सुरु भएको ४५ मिनेटपछि केन्द्राध्यक्ष र सुरक्षाकर्मीले हरेक कोठामा पुगी परीक्षा दिने नक्कली परीक्षार्थीलाई हलबाट बाहिर निस्कन भनेका थिए ।
