मङ्सिर २ / तातोपानी - चीनसँग सिमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी बजारमा भिषण आगलागी भएको छ । आज बिहान साँढे १० बजे तातोपानी बजारमा अबस्थित एक घरमा खाना पकाउने ग्याँस पड्केर सूरु भएको आगो फैलदा चार घर जलेर नष्ट भएको छ भने करौंडौको क्षति भएको छ । स्थानियबासि र प्रहरिको संयूक्त प्रयासबाट पनि आगो नियन्त्रणमा आउन नसकेपछि चिनको खासाबाट दूईवटा बारुणयन्त्र झिकाएर आगो नियन्त्रण गरिएको थियो । आगोबाट कूनैपनि मानविय क्षति नभएपनि कामदार लगायत गरी करिब ६० घरपरिवार बिस्थापित भएको स्थानियहरुले बताएका छन् । क्षतिको पूर्ण बिबरण भने अझै आईसकेको छैन । विस्थापितहरुको ब्यबस्थापनको बारेमा उक्त क्षेत्रका ए माओबादी सभाषद राजकूमार श्रेष्ठले भने ‘सक्दो चाडो ब्याबस्थापन गर्ने छौ’ ।