महोत्सव २०६८

हेलिकप्टर चढेर सिन्धुपाल्चोक घुम्न ७ हजार

2011-11-17 23:48:42 | ध्रुव दंगाल

सिन्धुपाल्चोक मंसिर १

सिन्धुपाल्चोक जिल्लाका धार्मिक तथा पर्यटकिय महत्वका स्थानहरुको भ्रमण हेलिकप्टर चढेर गर्ने मौका सिन्धुपाल्चोक महोत्सवका अवसरमा जुरेको छ। सुन्दर पर्यटकीय गाउँ हेलम्बु, धार्मिक तथा पर्यटकिय महत्वका पाँचपोखरी र भैरवकुण्ड,  ऐतिहासिक दुगुनागढी किल्ला जस्ता प्राकृतिक सौन्दर्य र विविधताले भरिपूर्ण सिन्धुपाल्चोक भ्रमणमा निस्कन चाहनेहरुका लागि यो सुनौलो अवसर हो।  

हेलिकप्टर चढेर सिंगो सिन्धुपाल्चोक एकै फन्कोमा घुम्ने अवसर मंसिर ३ देखि ७ गतेसम्म हुन गइरहेको सिन्धुाल्चोक महोत्सवले जुराएको हो । ओझेल परेका प्राकृतिक सम्पदाको सम्वर्धन गर्दै प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न महोत्सव अवसर पारेर हेलिकप्टरबाट घुम्ने व्यवस्था मिलाएको महोत्सव मूलसमारोह समितिले जनाएको छ । आयोजकका अनुसार २० मिनेट चल्ने हेलिकप्टर भ्रमणका लागि प्रतिव्यक्ति ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । उडानका लागि डाइनेस्टिक हेलिकप्टरसँग सम्झौता भइसेको महोत्वस मूलसमारोह समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले बताए ।

सदरमुकाम चौताराबाट सुरु हुने हेलिक्प्टर उडान यही आएर टुंगिनेछ । चौताराबाट सुरु हुने उडानका लागि अविरल बग्ने इन्द्रावती चर्चित पर्यटकीय गाउँ हेलम्बु पाँचपोखरी नेपाल-तिब्बत युद्ध किल्ला दुगुनागढी भैरवकुण्ड लिस्तिमाई मन्दिर तातोपानी नाका र लिसंखु फाँट हुँदै फर्कने रुट कायम गरिएको श्रेष्ठले जानकारी दिए । एक फ्याइटमा पाँच जनाले घुम्ने अवसर पाउनेछन् ।

प्रतिक्रियाहरु

ज्यादै खुशी लfग्यो, आफ्नै जिल्लाको सदरमुकाम बाट हेलिकोप्टर को एस्तो किसिमको सुबिधा मिलाएकोमा राजेन्द्र कुमार श्रेष्ठ लाई धन्देबाद नदी रहन सक्दिन . माग अनुसार प्रतेक गा.बि.स.मा हेलिकोप्टर पुरयाई, ल्याउने लाने सुबिधा मिलाउनुभई इच्छुक ब्रिद्धभयेकाहरूको लागि अझैं बदी सुबिधा को ब्येवस्था होलाकी ?!...

- Tirthalal Shrestha : Jalbir VDC-5,Jalbirbazar,Sindhupalchok-2

हाम्रो सिन्धु महोत्सवलाई हामीले यसरीनै भब्य रुपमा मनाउदै जानुपर्छ यसको लागि हामी सबै सिन्धु बासीहरु एक हुनु पर्छ किनकि यो हाम्रो जन्मभूमि हो आफुलाई जन्म दिने आमा र आफु जन्मेको भुमि सबैको लागि प्यारो हुन्छ,

- bir bahadur tamang (syangbo) : thulosiruwary-5 bhlbhule

हाम्रो सिन्धु महोत्सवलाई हामीले यसरी भब्य रुपमा मनाउदै जानुपर्छ,यो तपाई हाम्रो मूल दाइत्तो हो किनकि यो हाम्रो जन्म भुमि हो,आमा जस्तै हो यसैलेता सिन्धुपाल्चोक हामीलाई लागि स्वोर्ग जस्तै प्यारो लाग्छ,

- bir bahadur tamang(syangbo) : thulosiruwary-5 bhlbhule

धेरै राम्रो काम हो खुशी लाग्यो.. गाऊ घरमा बस्ने हाम्रा सोझा साझा आमा बाबु दिदि बहिनि हरुले एउटा मिसीन्येरी समान कसरी माथि जान्छ होला भनेर तल बसेर आकाश मा हेर्नु भन्दा चढेरै अनुभब गर्न पाउदा.....र आफ्नो जिल्ला परिक्रमा गराईदिदा ....

- Raju kunwar : sindhupalchok chautara pipaldanda

हेली कप्टर को भाडा अलि महँगो भए को जस्तो लग्यो छ सर्बसाधरण ले पनि चदना मिल्ने बनाउन हुन आयोजक समिति संग मेरोअनुरोध छ |

- ganga lal shrestha : thulosiruwary-6 harry


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box