महोत्सव २०६८

सिन्धुपाल्चोक महोत्सव तयारी पुरा

2011-11-17 23:38:28 | मेरो सिन्धु

चौतारा, १ मंसीर
'सिन्धुपाल्चोक समृद्धिको आधार – कृषि, पर्यटन, जलस्रोत र व्यापार' भन्ने मूल नाराका साथ हुन लागेको महोत्वस तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । मूलआयोजक समिति र ३१ उपसमितिले महोत्सव तयारी तीव्र पारेका छन् । पर्यटन वर्ष २०११ को अवसर पारेर आयोजित महोत्सवको उद्घाटन तीन पूर्वप्रधानमन्त्रीहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल,कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले अध्यक्ष झलनाथ खनालले संयूक्त रुपमा गर्दैछन् ।

परम्परालाई कायम राख्दै सिन्धुपाल्चोक समृद्धिको आधार खोज्नु महोत्सवको मुख्य उद्देश्य रहेको एमाले नेता तथा मूलसमारोह समिति सदस्य सुवास कर्माचार्यले बताए । उनका अनुसार महोत्सवबाट राजनीतिक सहमतिका आधारमा विकासका १० वर्षे कार्ययोजना निर्माण गरी घोषणापत्रको रुपमा सार्वजनिक गरेर त्यसलाई जिविसमार्फत कार्यान्वयनमा ल्याइने छ । यसका लागि महोत्सव अवधिभर शिक्षा, कृषि, वन, पर्यटन, जलस्रोत लगायत छुट्टाछुट्टै विषयमा विज्ञसहितको कार्याशाला गरिनेछ ।

सदरमुकाम चौतारामा हुने महोत्सवमा स्थानीय संस्कृति झाँकी कला साहित्य घरेलु उत्पादनको प्रदर्शनी ख्यातिप्राप्त कलाकारको प्रस्तुती खेलकुद प्रतियोसिगता मुख्य आकर्षण रहनेछन् । यसकै अवसरमा सुनकोसीमा र् याफ्टिङ ,कायाकिङ र क्यानोनिङ जस्ता साहसिक खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव सफल बनाउन जिल्लामा क्रियाशिल राजनीतिक दल उद्योगी व्यवसायी संघसंस्था एक ढिक्का भएका छन् । सदरमुकाम चौतारा दुलही झैं सिंगारिएको छ भने महोत्सवका पाहुनालाई बस्न आसपासका गाउँमा होमस्टेको व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रियाहरु

A little rationality lifts the quality of the dbetae here. Thanks for contributing!

- Jayce : bHgFvDlUBsXCOymnGn


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box