स्थानिय समाचार

ओढारमा फेला परेका बम सेनाद्वारा निष्कृय

2011-11-15 22:35:57 | मेरो सिन्धु

नातीबावु धिताल/सिन्धुपाल्चोक
चोकटी गाविस-९ स्थित भूलभूले ओढारमा फेला परेको चारओटा बम ०६८ कात्तिक २८ गते साँझ नेपाली सेनाको एक टोलीले निस्कृय पारेको छ । स्थानीय गाउँलेहरूले फेला पारेको बम चौतारास्थित नयाँ श्रीनाथ गणबाट गएको डिस्पोजल टोलीले हिजो साँझ ७ बजे निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त लामाले बताए । स्थानीय संजे थामी बाख्रा चराउन जंगल जाँदा भूलभूले ओढारमा बम देखेका थिए । बम देख्ने थामीले ओढारमा बम भएको आफूलाई कात्तिक २८ गते विहान भनेपछि बम भएतिर जाँदा एउटा जग बम र तिन वटा गोल्टीन बम देखेपछि स्थानीय ताराबाहादुर गुरुङ्ले  तत्काल इलाका प्रहरी कार्यालय बाह्रविसेमा फोन गरी खवर गरेका थिए ।

डिएसपी लामाले सशस्त्र द्वन्द्वको समयमा जमिनमुनि गाडिएका बम हाल जमिनमा देखिएको हुनसक्ने बताए । फेला परेका बम आधा भाग जमिनमुनि नै भएको पनि उनले बताए ।

source : inseconline


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box