राष्ट्रिय समाचार

जनसेना पुनवर्गीकरण प्राविधिक टोली शिविर जादै

2011-11-15 22:19:23 | मेरो सिन्धु

कार्तिक ३०/काठमाडौ -  जनसेना पुनवर्गीकरण प्राविधिक टोली आज जनसेनाका मुख्य शिविरहरूमा जाँदैछ । सेना समायोजन बिशेष समिति सचिबालय मातहतका २ सय १० सदस्यीय सर्वेक्षण टोली भोलिसम्म शिविरहरू पुग्ने  सचिवालयले जनाएको छ । विशेष समितिको कार्तिक २८ गते बसेको बैठकले सर्वेक्षण टोली आजबाट शिविर पठाउने निर्णय गरेको थियो ।

टोलीले जनसेनाहरुको इच्छा अनुसार समायोजन, पुनस्र्थापना वा स्वेच्छिक अवकास रोज्नेको छुट्टाछुट्टै विवरण तयार पार्नेछ । आजबाट नै पुनवर्गीकरणको काम थालेर मंसिर ७ गतेसम्म सक्ने सहमति भए दलहरूबिच भएको भए पनि सदस्यहरूको व्यस्तताका कारण विशेष समिति बैठक समयमै बस्न नसक्दा कार्यतालिका प्रभावित हुने देखिएको छ । विशेष समितिका सदस्य रहेका नेपाली कांग्रेसका रामशरण महत र मीनेन्द्र रिजाल, एमालेका ईश्वर पोखरेल, फोरम लोकतान्त्रिकका जेपी गुप्ता र फोरम लोकतान्त्रिकका जितेन्द्र देव अमेरिका भ्रमणमा रहेकाले बैठक बस्न नसक्दा कार्यतालिका प्रभावित हुने देखिएको हो ।

हाल इलामस्थित जनसेना शिविरमा एक हजार ९३०, सिन्धुलीस्थित जनसेना शिविरमा एक हजार ६५८, चितवनस्थित जनसेना शिविरमा तीन हजार ९१९, नवलपरासीस्थित जनसेना शिविरमा तीन हजार ३९, रोल्पास्थित जनसेना दुई हजार ४२८, सुर्खेतस्थित जनसेना शिविरमा तीन हजार ८८, कैलालीस्थित जनसेना शिविरमा तीन हजार ३१० र काठमाडौँमा विभिन्न सुरक्षार्थ खटिएका १५३ जना जनसेना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box