२७ कार्तिक/सिन्धुपाल्चोक - बाह्रबिसेबाट काठमाडौंको लागि बिहान ७:३० बजे छुटेको बा २ ख ६२५९ नम्बरको यात्रु बस करिब पौने घण्टा पछि सुकुटेनजिकै बा ४६ प ८२२२ को मोटरसाइकलसँग ठोकिदा दुर्घटना भएको छ । विपरित दिशाबाट आएको मोटरसाइकल अनियन्त्रित गतिमा आइरहेको देखेपछी मोटरसाइकल जोगाउन खोज्दा बस सुनकोशीको किनारमा खसेको बताईएको छ । २५ जना भन्दा बढी यात्रु रहेको बससग ठोकिदा मोटरसाइकलमा सवार दोलखा लापिलाङ–२ का ३२ बर्षीय अर्जुन खड्काको मृत्यु भएको छ । बसका यात्रुहरुमध्ये घाइतेहरूको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।