Air Ticketing in Nepal Contact to Merosindhu.com

कविता

सरकार

2011-11-14 22:37:12 | मेरो सिन्धु


प्रचण्ड भन्छन यो सरकार माओबादीको मूल हो
बादल भन्छन यो सरकार फोरमको गम्भीर भुल हो 
बैद्य  भन्छन  यो सरकार अस्ताउन  लागेको घाम हो
गच्छेदार  भन्छन यो सरकारको ऐतिहासिक काम  हो   

ओली भन्छन यो सरकार भदौको च्याउ हो
माधब भन्छन यो सरकार हत्याराको माउ हो
सुशील भन्छन यो सरकार  नियम कानुन मारा हो
पौडेल भन्छन यो सरकार टिकाई राखने  पारा हो 

कोहि भन्छन यो सरकार मागी खाने थाली हो
कोहि भन्छन यो सरकार  माछा मार्ने जाली  हो
जनता  भन्छन यो सरकार ओईलाएको  फूल  हो
तर म भन्छु यो सरकार भत्किएको  पुल हो

- जगत प्रसाद आचार्य, हाल युएई


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box