सिउल, दक्षिण कोरिया
६ नोभेम्बर
दक्षिण कोरियामा रहेका नेपालीहरूले प्रवासी मजदुर दिबसको तयारी गरिरहेका छन् । यो दिन प्रवासी मजदुरको माग कोरियन सरकार समक्ष राख्ने अवसर पनि भएकोले यसलाई मजदूरहरूले बिशे महत्व दिने गरेका छन् ।
ई पि एस को मजदुरको समस्या, धरपकड, मल्टी कल्चर, कोरियामा जन्मेका प्रवासी मजदुरको बालबच्चाको शैक्षिक समस्या आदिको समाधान गर्नको लागि सरकारलाई दबाब दिन प्रवासी मजदुर दिबस मनाउने तयारी भएको छ । दिवसको तयारीकै क्रममा आज सिउलको सदेमुनमा रहेको एम टि यु को सभाहलमा छलफल कार्यक्रम रखिएको छ । छलफल कार्यक्रममा कोरियामा रहनुहुने सम्पूर्ण संघ सस्थाका प्रतिनिधि तथा सम्पूर्ण नेपाली समुदायलाई उपस्थिति भईदिनु हुन अनुरोध गरिएको छ । कार्यक्रम ३ बजे सुरु हुनेछ ।