राष्ट्रिय समाचार

सेना समायोजन विशेष समिति बैठक बस्दै

2011-11-06 00:48:44 | मेरो सिन्धु

कार्तिक २०/काठमाडौँ
माओवादी जनसेनाहरुको रेखदेख, समायोजन तथा पुनर्स्थापनासम्बन्धी छलफल गर्न सेना समायोजन विशेष समितिको बैठक आज पनि बस्दै छ । प्रमुख तीन दल र मेधसीमोर्चाबीच गत मंगलबार शान्तिप्रक्रिया अघि बढाउने वियषयमा सातबुँदे सहमति भएपछि विशेष समिति बैठक बस्न लागेको यो तेस्रो पटक हो । बैठक अपराहृन ५ बजे समितिको सचिवालय नयाँबानेश्वरमा डाकिएको छ ।
बैठकले समितिअन्तर्गतको सचिवालयले तयार पारेको विकल्पसहितको पुनर्स्थापना प्याकेज अनुमोदन गर्ने समिति सदस्य  तथा अर्थमन्त्री बर्षमान पुन अनन्तले जानकारी दिनुभयो । यसअघि शुक्रबार बसेको विशेष समिति बैठकले दुई दिनभित्र पुनर्स्थापनाबारे विकल्पसहितको विस्तृत कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएको थियो । दलहरुबीच शान्तिप्रक्रिया अगाडि बढाउन गत १५ कार्तिकमा भएको सातबुँदे सहमतिमा आगामी मंसिर ७ गतेसम्ममा समायोजन, पुनर्स्थापना र स्वेच्छिक अवसकाशा जान चाहाने लडाकु पुनवर्गीकरणको काम सक्ने उल्लखे छ । सहमतिमा पुनःस्थापनामा जानेलाई शिक्षा, तालिम तथा व्यवसायिक अवसरहरुको प्याकेजको विकल्प दिने उल्लेख छ । यस्तो प्याकेज स्वरुप एवं समयसीमा हेरि ६ देखि ९ लाखको हुने सहमतिमा छ । स्वेच्छिक अवकासमा जानेले भने नगद ५ देखि ८ लाख पाउने छन् । सबैभन्दा माथिल्लो तहका लडाकूले ८ लाख पाउने छ भने त्यसपछिका तहमा रहेकाले क्रमशः ७ लाख, ६ लाख र ५ लाख रुपैयाँ पाउनेछ । उक्त रकम दुई आर्थिक वर्षमा किस्तामा दिइने सहमतिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box