पत्रकार साथीहरु
सिन्धुपाल्चोकमा जन्मेर काठमाडौमा पत्रकारिता गरिरहेका संचारकर्मीको
दोस्रो भेला २०६८ कार्तिक १८ गते शुक्रवार हिमालयन सिमापार वाणिज्य
व्यापारसंघको बुद्धनगरस्थित कार्यालयमा गर्न लागिएको जानकारी गराइन्छ । यस
अघि तत्कालीन सूचना तथा साचारमन्त्री अग्नी सापकोटाको कार्यकक्षामा पहिलो
भेला भएको थियो । भेलामा आफू सहभागी हुन र सिन्धुपाल्चोकमा जन्मेर काठमाडौमा पत्रकारिता गरिरहेका अरु साथीलाई पनि खवर गर्न अनुरोध गरिन्छ ।
'सिन्धुपाल्चोक सम्वृद्धिको आधारः जलश्रोत पर्यटन कृषि र व्यापार' भन्ने मूल अवधारणाका साथ आगामी मंसिर ३ देखि ७ गतेसम्म हुन लागेको प्रथम सिन्धुपाल्चोक महोत्सव २०६८का बारेमा पनि भेलामा जानकारी गराइनेछ । अत्यन्त छोटो समयमा महोत्सव सम्पन्न गर्नुपर्ने भएकोले सिन्धुपाल्चोकले हामी सबैको आ आफनो क्षेत्रमा सकि्रयताको अपेक्षा गरेको छ ।
भेलामा महोत्सवका बारेमा जानकारी गराउने आयोजक र महोत्सवमा अग्रसर व्यक्तित्वहरु पनि सहभागी हुनु हुनेछ ।
नोटः रेडियो र टेलिभिजनका मित्रहरुले समाचार संकलनका लागि क्यामराम्यान र रेकर्डर लिएर आउदा उपयुक्त हुनेछ ।
समय: कार्तिक १८ गते बिहान ९: ३० बजे ११ बजेसम्म हामी भेला सक्नेछौ र आ आफनो काममा फर्कनेछौ
स्थानः हिमालय सीमापार बाणिज्य संघको कार्यालय
बुद्धनगर बानेश्वरबाट बबरमहल जाने पुल नपुग्दै बाँयातिर लागेपछि देखिनेछ
आयोजकः जन्मघर सिन्धुपाल्चोक र कर्मघर काठमाडौ भएका हामी सबै पत्रकारहरु