Air Ticketing in Nepal Contact to Merosindhu.com

सूचना पाटी

सिन्धुपाल्चोकका संचारकर्मीको दोस्रो भेला २०६८ कार्तिक १८ गते शुक्रवार

2011-11-04 00:29:32 | मेरो सिन्धु

पत्रकार साथीहरु
सिन्धुपाल्चोकमा जन्मेर काठमाडौमा पत्रकारिता गरिरहेका संचारकर्मीको दोस्रो भेला २०६८ कार्तिक १८ गते शुक्रवार हिमालयन सिमापार वाणिज्य व्यापारसंघको बुद्धनगरस्थित कार्यालयमा गर्न लागिएको जानकारी गराइन्छ । यस अघि तत्कालीन सूचना तथा साचारमन्त्री अग्नी सापकोटाको कार्यकक्षामा पहिलो भेला भएको थियो । भेलामा आफू सहभागी हुन र सिन्धुपाल्चोकमा जन्मेर काठमाडौमा पत्रकारिता गरिरहेका अरु साथीलाई पनि खवर गर्न अनुरोध गरिन्छ ।

'सिन्धुपाल्चोक सम्वृद्धिको आधारः जलश्रोत पर्यटन कृषि र व्यापार' भन्ने मूल अवधारणाका साथ आगामी मंसिर ३ देखि ७ गतेसम्म हुन लागेको प्रथम सिन्धुपाल्चोक महोत्सव २०६८का बारेमा पनि भेलामा जानकारी गराइनेछ । अत्यन्त छोटो समयमा महोत्सव सम्पन्न गर्नुपर्ने भएकोले सिन्धुपाल्चोकले हामी सबैको आ आफनो क्षेत्रमा सकि्रयताको अपेक्षा गरेको छ ।

भेलामा महोत्सवका बारेमा जानकारी गराउने आयोजक र महोत्सवमा अग्रसर व्यक्तित्वहरु पनि सहभागी हुनु हुनेछ ।

नोटः रेडियो र टेलिभिजनका मित्रहरुले समाचार संकलनका लागि क्यामराम्यान र रेकर्डर लिएर आउदा उपयुक्त हुनेछ ।

समय: कार्तिक १८ गते बिहान ९: ३० बजे ११ बजेसम्म हामी भेला सक्नेछौ र आ आफनो काममा फर्कनेछौ

स्थानः  हिमालय सीमापार बाणिज्य संघको कार्यालय
बुद्धनगर बानेश्वरबाट बबरमहल जाने पुल नपुग्दै बाँयातिर लागेपछि देखिनेछ

आयोजकः जन्मघर सिन्धुपाल्चोक र कर्मघर काठमाडौ भएका हामी सबै पत्रकारहरु

प्रतिक्रियाहरु

तस्करीहरुको संलग्नतामा काठमाडौं बस्ने पत्रकारहरुको आयोजनामा भएको भेलाले के नाप्यो र

- Roshan karki : sindhu/ ktm


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box