राष्ट्रिय समाचार

सित्तैमा बाँडिएको कन्डम अविवाहित युवती र स्कूले विद्यार्थीले समेत लगे

2011-10-16 00:02:09 | मेरो सिन्धु

भक्तपुर, असोज २९-
'दोहोरो सुरक्षाका लागि कन्डमको सही प्रयोग गरौँ' भन्ने नाराका साथ मनाइएको १७ औँ राष्ट्रिय कन्डम दिवसको अवसरमा शनिबार भक्तपुरमा १५ हजार थान कन्डम निःशुल्क वितरण गरिएको छ।

जिल्ला एड्स समन्वय समिति भक्तपुरका प्रमुख शङ्कर बस्नेतले यस वर्ष बिनाहिच्किचाहट विवाहिता तथा अविवाहित युवतीहरुसमेत आएर कन्डम लैजानुका साथै यौन रोगबारे जानकारी लिएको बताए।

पाँच ठाउँमा राखिएको कन्डम स्टलमा १५ देखि ५० वर्ष उमेर समूहका महिला तथा पुरुषले कन्डम लगेको जानकारी उनले दिए।

युवा तथा अधबैँशे पुरुषले धेरै कन्डम लगेको र स्कुले छात्रछात्रा, सुरक्षाकर्मी, आन्तरिक बसाइँसराइ गरेर आएका वर्ग, उद्योग तथा कलकारखानामा कार्यरत महिला पुरुषले कन्डम लगेका र उनीहरुले यसको सही प्रयोगबारे जानकारीसमेत लिएको उनले बताए।

पन्ध्र हजार कन्डम वितरण गर्दा पनि निःशुल्क कन्डम लिन आउनेको सङ्ख्या नघटेकाले यस वर्ष कन्डम अपुग भएको बस्नेतले बताए।

भक्तपुरको गोल्मढी, सूर्यविनायक, दूधपाटी, थिमीको शङ्खधर साख्वा चोक र थिमीको बोडेमा निःशुल्क कन्डम वितरण गर्न स्टल राखिएका थिए।

वितरित कन्डम जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र ब्ल्यु डायमन्ड सोसाइटीले समितिलाई उपलब्ध गराएका हुन्।

- रासस


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box