रामकृष्ण पौडेल "अनयास"
मै अभागि रै'छु बैनि मलाई माला नउने भो
सप्तरंगि टिका यो साल,निधारमा नहुने भो ।
त्यस्तै भयो दसैँ पनि यो तिहारमा आउछु
भन्थे
कर्मै खोटो मेरो देशको कुनै चाडले नछुने भो ।
साईला माईला गाउँका चेलि सबै जम्मा हुदै होलान्
मलाई सोध्दा रुन आउला, तिन्का कुरा नसुने भो ।
त्यो आमाको आँसु अनि भाईटिका मा रुदै बैनि
जान देउ घरमा प्रभु! मलाई यहाँ नथुने भो ।
भरतपुर 13, चितवन ,