Air Ticketing in Nepal Contact to Merosindhu.com

गीत संगीत

दहीको टिका थालभरी जमरा बजारमा

2011-09-25 22:59:19 | मेरो सिन्धु


दहीको टिका थालभरी जमरा

काठमाडौं असोज ९
विजया दशमी तथा दिपावलीको शुभकामना सहित क्रिस म्युजिकले दोहोरी गिती एल्बम ‘दहीको टिका थालभरी जमरा’ बजारमा ल्याएको छ। लोकप्रिय टेलिश्रृखला जिरेखुर्सानीका गोविन्देको प्रस्तुति यस एल्बममा चर्चित लोक दोहोरी गायक राम थापा शिशिर, गायिका गीता देवी लगायतको स्वर सुन्न पाइन्छ। महान चाड दशैको परिवेशलाई आधार बनाएर संकलन गरिएको यस एल्बमको साइड ए मा दहीको टिका बोलको गीतमा राम थापा शिशिर, गीतदेवी र भगवान भण्डारीको स्वर रहेको छ। साइड बी मा रहेको मनपराको होईन भन्दिउँला बोलको गीतमा राम थापा शिशिर, प्रकाश सिल्वाल तथा दया बस्यालको स्वर रहेको छ। दुबै गीतको लय तथा शब्द संकलन राम थापा ‘शिशिर’ ले गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box