Air Ticketing in Nepal Contact to Merosindhu.com

लेख रचना

हंगामादार अनुगमन : कमजोर कारबाही

2011-09-24 04:45:28 | कला अनुरागी

'अब के चाहिँ खाने होला ' अहिले राजधानीबासीहरुको मनमा यो प्रश्नले घर गरेको छ । जब राजधानीका खाद्यपदार्थहरुमा हुने अखाद्य पदार्थको मिसावट र लापरवाहीपूर्ण उत्पादनका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थाले तब थाहा भयो कि राजधानीबासीले त खान नहुने चिज नै पो बढी खाइरहेका रहेछन् । हुन त शुद्ध पौष्टिक र मिसावटमुक्त खाद्यपदार्थ उपयोग गर्न पाउनु मौलिक अधिकार नै हो । तर त्यसको उपयोग नेपालीहरुले गर्न पाइरहेका छैनन् ।

कहाँ छैन मिसावट

सबैले पौष्टिक र ताजा भनेर खाइरहेको न्यूरोडको ताजा गुँदपाक भण्डारको गुँदपाकमा मुसाको िलंडसम्म मिसिएको पाएपछि ग्राहकहरु अचम्ममा परे । शाकाहारीको लागि प्रसिद्ध भनिएको अनमोल स्वीट्समा जनावरको बोसो प्रयोग गरेको पाइयो । यसअघि नै लोकल रक्सी फलफूल तरकारी पानीपुरी चट्पटेजस्ता पदार्थहरुको उत्पादनमा हुने अस्वस्थकर गतिविधि र मिसावट हुने रासायनिक पदार्थको बारेमा साचारमाध्यममा आइरहेकै थिए ।

पछिल्लो समय बाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाईमा भएका छापा मार्ने कार्यले तीव्रता र चर्चा दुवै पाएको छ । अनुगमनकै क्रममा बालाजुको पुष्प डेरीले दूधजन्य पदार्थमा अखाद्य रसायन फोहोर पानी र पाउडर दूध प्रयोग गरेको भेटिएको छ । त्यसैगरी बीएमसी मसलाको नाममा गुणस्तरहीन मसलालाई त्यसकै नाममा प्याकिङ्ग गरेर बेचेको पनि पाइएको छ ।

दैनिक उपयोग हुने खाद्य पदार्थहरुमा मिसावट भइरहेको तथ्य त जनसाधारणले दैनिक नै अनुभव गरी नै रहेका छन् । गहँु चामल दाल आँटा मह मसला चियापत्ती आदिमा हुने मिसावट स्वाभाविकजस्तो बन्न थालेको छ । चामल दाल र मसलामा साना ढुंगा वालुवा काठको धुलो आदिको मिसावट भइरहेको छ । तेल र घ्यूमा पनि व्यापक मिसावट भएको पाइन्छ । बेसन र बेसारमा पहंेलो रंग मेटानिल रातो खुसा्रनीमा रोडामाइन-बी मिसाइने गरेको तथ्य विज्ञहरुले बेला-बेला सार्वजनिक गरिरहेकै छन् । फलफूलमा त आकर्षक देखाउनदेखि पकाउनसम्म रसायन प्रयोग गरिएको हुन्छ । फलफूल पकाउन कार्बाइडको प्रयोग गरिएको भेटिन्छ । यति मात्र नभई लौका फसर्ीजस्ता तरकारीको आकार बढाउन आ_िक्सटोसिनको सियो प्रयोग गर्ने गरेको पाइएको छ । अ_िक्सटोसिन एउटा हार्मोनसम्बन्धी सियो हो जसको उपयोग पशुबाट बलजफती बढी दूध निकाल्न गरिन्छ । मटर करेला परबल हरियो खुसा्रनी पालकजस्ता तरकारीलाई हरियो रंग दिन मेलेचाइट गि्रन नामको रसायन प्रयोग गरिएको पाइन्छ । मिसावटको बारेमा जानकारी नपाई उपभोक्ताहरु ठगिईरहेका हुन्छन् । यस्ता मिसावटले तत्कालै कुनै असर नदेखिए पनि तिनले दीर्घकालीन रोगहरु निम्त्याईरहेका हुन्छन् ।

अनुगमनको मौसम शंकाको घेरामा

पछिल्लो समयमा बाणिज्य विभागले गरेको छापा मार्ने कार्य र अनुगमनलाई हेर्दा मौसम नै अनुगमनको आएजस्तो देखिन्छ । तर यसलाई भदौरे भेल भन्नेहरु पनि कम छैनन् । दशैं खर्च जुटाउन अपनाइएको हतकण्डाको रुपमा पनि यसलाई हेर्ने गरेको पाइन्छ ।

हुन पनि जुन हल्लीखल्लीका साथ छापा मार्ने र अनुगमन गर्ने काम भएको छ त्यसको अनुपातमा कारबाहीको प्रकि्रया अत्यन्तै कमजोर देखिएको छ । छापा मारिएका विभिन्न स्थानहरुमध्ये गुँदपाक व्यापारीलाईबाहेक कसैलाई पनि पक्राउ गरिएको छैन । जसलाई पक्राउ गरिएको छ उनीहरुलाई पनि कालोबजारीको कमजोर खालको मुद्दा लगाउने प्रयत्न भइरहेको छ । यस मुद्दामा दोषीले सजिलै उन्मुक्ति पाउने सम्भावना बढी नै हुन्छ । उपभोक्ता संरक्षण ऐन २०५३ ले खाद्यान्नमा मिसावट गर्नेलाई तीनदेखि १५ बर्षसम्मको जेलसजायको व्यवस्था गरेको छ । त्यसैगरी खाद्य ऐन २०२३ मा तीन वर्षसम्मको कैद र एक लाखसम्मको जरिवानाको व्यवस्था छ । तर हालसम्म पाँचहजारभन्दा बढी जरिवाना भएकै छैन ।

यो प्रकि्रयाका सन्दर्भमा उपभोक्ता र अधिकारकर्मीहरु पनि सन्तुष्ट छैनन् । उनीहरुले आफूहरुलाई अनुगमनको क्रममा ुसाक्षी किनाराुमात्रै बनाइएको गुनासो गरिरहेका छन् । बाणिज्य विभागले नै कारबाहीमा आलटाल गरिरहेको उनीहरु बताउँछन् ।

एकातिर यो अनुगमनको प्रकि्रया जति ुहंगामादारु भए पनि अत्यन्तै थोरैमात्रै काम भएको छ । सबै क्षेत्र अझ विशेष गरी दैनिक उपभोग्य सामग्रीमा अनुगमन पुगेकै छैन । त्यसै गरी ग्याँसजस्ता इन्धनहरुको कृत्रिम अभाव सिर्जना गरेर कालाबजारी गर्नेहरुलाई कारबाही हुन सकेको छैन । अर्कातिर जति पनि अनुगमन गरिएका छन् तिनका दोषीहरुलाई पनि कारबाही हुने सम्भावना क्षीण बन्दै गइरहेको छ । यदि यो घटनामा कडा कारबाहीको प्रकि्रया थालनी भएन भने यसले झनै संक्रमित रुप लिने निश्चित छ । नेपालीहरुले मनाउने ठूला चाडपर्वहरुमा यस्तो मिसावट र कालाबजारीको मात्रा अझै बढ्ने देखिन्छ । त्यसैले नियमित रुपमा अनुगमन र कडा कारबाहीको व्यवस्था हुनु जरुरी छ । नत्र बाणिज्य विभागको कार्य हात्तीको देखाउने दाँत रहेछ भन्ने पुष्टि हुनेछ ।

-कला अनुरागी


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box