
- किशमा किशोर
'कान्छो बुबा पैसा दिनु न !' ओसिलो विहानीमा हामी पारिलो घाम तापेर खेलिरहँदा उहाँ खिलबहादुर भावुक लाई देखेपछि पैसा पाउने आशाले दैनिक यही वाक्य दोहोर् याउँथ्यौं । 'ए पैसा !' टक्क उभिएर हामीलाई एकनासले हेर्नुहुन्थ्यो उहाँ 'म भोलि दिउँला है ।' हामी 'हवस्' भन्दै हाम्रो ढुङ्गामाटोको घर बनाई खेललाई निरन्तरता दिन्थ्यौं सम्झना ताजै छ । त्यसपल उहाँका आँखा केही खोजिरहेझैं हाम्रा मैला निरीह अनुहारमा केन्द्रित हुन्थ्यो । सायद हाम्रो भविष्य नियालेको हुनसक्छ । दाहिने हातमा कालो डायरी हाफ चेकसर्टको देव्रे छातीमा सधैँ सजिईरहने २ थान कालो पाइलट पेन देवकोटाको चित्र झल्कने गरी ठूला निधारको प्रदर्शन सायद त्यसैले उहाँको पथ पहिल्याउँथ्यो होला । बेला-बेलामा केही सोचेझैं गरी उहाँले आकाशतिर टोलाउँदा हामी बालबच्चाको एउटा जम्बो टोली उत्साहित हुन्थ्यौं र हामी पनि उहाँले जस्तैगरी हेरिरहन्थ्यौं त्यो शून्य अनि नीलो आकाश । उहाँको छातीमा सधैं टल्कने दुईमध्ये एक पाइलट पेन दिए हुन्थ्यो भन्ने आशामा हामी सधैं रहन्थ्यौं । एक आपसमा प्रतिस्पर्धा नै हुन्थ्यो उहाँलाई रिझाउन । जुन एउटा पेनको स्वार्थको लागि हुन्थ्यो ।
भोलिपल्ट कान्छो बुबा आउने बाटोमा आँखाहरु बिच्छाइरहन्थ्यौं । पैसा पाउने आशमा प्रतिक्षित आँखा एकटकले बाटो नियालिरहेको हुन्थ्यो । उहाँ आउनुहुन्थ्यो हामीलाई स्नेहपूर्वक हेर्नुहुन्थ्यो । प्रेमपूर्वक सुम्सुम्याउनुहुन्थ्यो तर पैसा भोलि दिन्छु भन्नुहुन्थ्यो । ती घटना परिघटना अझैसम्म मानसपटल